केशव र रञ्जितको जोडी अन्तिम १६ मा


काठमाडौं, (नेस)
आयोजक किङकम स्पोर्टस् क्लबका केशव पौडेल र रञ्जित सिंहको जोडी नवौं बबिन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगितामा अन्तिम सो¥हको यात्रा तय गर्न सफल भएका छन्।

मंगलबार भएको प्रतिस्पर्धामा केशव र रञ्जितको जोडीले जेष्ट ब्याडमिन्टन क्लबका सञ्जीव भण्डारी र प्रियांसु सिंह क्षेत्रीको जोडीलाई २१–१८, २२–२० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ यात्रा तय गरेका हुन्। आयोजककै ध्रुव लामा र नारायणबहादुर पाण्डेको जोडी पनि अन्तिम १६ मा प्रवेश गरे। लामा र पाण्डेको जोडीले मानबहादुर ब्याडमिन्टन क्लबका जय राई र सुजन राईको जोडीबाट वाक ओभार प्राप्त गर्दै प्रिक्वार्टरमा स्थान बनाएका हुन्।

भीमसेनगोलास्थित आयोजकको खुला कोर्टमा भएको प्रतियोगिताको अर्को खेलमा आयोजकका दिनेश थुलुङ राई र दीपक थापा मगरको जोडी पञ्चकुमारी क्लबका सिमान्त लामिछाने र दिनेश कार्कीको जोडीसंग पराजित भयो। लामिछाने र कार्कीको जोडीले राई र मगरको जोडीलाई २१–१९, १४–२१, २१–१७ ले पाखा लगाए।