सल्यान, (नेस)
सल्यानको बागचौर नगरपालिका–१२ ले विवाह गर्ने उमेर पुगे नपुगे प्रमाण हेरेर विवाहको चिर्ना हेर्न ब्रा≈मणलाई आग्रह गरेको छ।
वडाभित्र बालविवाहले विकराल रूप लिएको भन्दै यसको न्यूनीकरणमा सहयोग गर्न आग्रह गर्दै विवाहको चिना हेराउन आउने मानिसलाई बरबधुको उमेर पुगे नपुगेको यकिन गरेर मात्र चिना हेर्न आग्रह गरेको हो। वडाभित्र बाहुन समुदाय, राजनीतिक दल, बुद्धिजीवी समाजसेवीलगायतले प्रमाण हेरेर मात्र विवाहको चिना हेराउन आग्रह गरेका छन्।
वडा कार्यालयको सोमबार बसेको बैठ्कले यस्तो आग्रह गरेको हो। उमेर नपुग्दै विवाह गर्दा सामाजिक विकृति बढ्नुका साथै आमा र बच्चा दुवैको स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने भएकाले यस्तो निर्णय गरिएको वडाध्यक्ष दीपक वलीले जानकारी दिए। सोमबार बसेको बैठकले वडा नं १२ लाई बालविवाहमुक्त वडा बनाउनका लागि सबैमा आग्रह गर्ने निणर्य पनि गरेको बताए। चिना हेराउने ब्राह्मणले बरबधुको विवाह गर्ने उमेर पुगे नपुगेको हेरेर चिना हेराइदिए पनि बालविवाह न्यूनीकरणमा निकै मद्दत पुग्ने अध्यक्ष वलीको भनाइ छ।
उनले भने– ‘हाम्रो वडाभित्र बालविवाहले विकराल रूप लिन थाल्यो, हामीले न्यूनीकरण समिति पनि गठन गर्याैँ, केही पनि उपाय नलागेपछि हामीले यस्तो उपाय अपनाएका हौं। बालबालिकाको उमेर पुगे नगपुगेको प्रमाण हेरेर चिना हेर्न ब्राह्मणलाई भनेका छौं।’ यदि यस प्रकार अभियान सञ्चालन गर्दा पनि बालविवाह नरोकिए कानुनी बाटोमा आफूहरू जान बाध्य हुने उनले बताए।











प्रतिक्रिया