काठमाडौं, (नेस)
अस्ट्रेलियाको पानी जहाज कम्पनीलाई जागिर लगाइदिने भन्दै ठगी गर्दै आएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ। ललितपुरका होमबहादुर घलेलाई पक्राउ गरी फैसला कार्यान्वयनको सिलसिलामा काठमाडौं जिल्ला अदालतमा पेस गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
अभियुक्त घलेले आफ्ना आफन्त अस्ट्रेलियमा रहेकाले पानी जहाजमा काम पाइने र प्रतिमहिना १ हजार ८ सय डलर तलब हुने भन्दै विभिन्न व््रयक्तिबाट रकम असुल गरी बेपत्ता भएका थिए। प्रहरीले उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरेकामा उनी त्यसपछि फरार भएका थिए। फैसला कार्यान्वयनको सिलसिलामा उनलाई पक्राउ गरी अदालतमा पेस गरेकामा अदालतले कैद भुक्तानका लागि सदरखोर डिल्लीबजार पठाएको छ।











प्रतिक्रिया