धुर्मुस र सुन्तली प्रदेश १ का दूत

0
Shares

विराटनगर, (नेस)
प्रदेश नं। १ को सामाजिक विकास मन्त्रालयले स्वास्थ्य प्रवद्र्धन अभियान सञ्चालनका लागि हास्य कलाकार दम्पती सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे ९सुन्तली०लाई सद्भावना दूतमा नियुक्त गरेको छ।

सबै उमेर वर्ग र समुदायका जनतालाई स्वस्थ रहन अपनाउनुपर्ने उपायका बारेमा स्वास्थ्य सञ्चारका वैज्ञानिक विधिमार्फत ज्ञान, धारणा, व्यवहार परिर्वतन एवं जीवन शैली अवलम्बन गर्न अभिपे्ररित गर्ने उद्देश्यले यो दम्पतीलाई एक वर्षका लागि सद्भावना दूत नियुक्त गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। मन्त्रालयले व्यक्तिगतरूपमा पान गुट्खालगायतका सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगर्ने, नियमित योग गर्ने, स्वस्थ र पौष्टिक खाना खाने, चर्पीको पहुँच र प्रयोगमा विस्तार हुनेलगायतका प्रतिफल सद्भावना दूतबाट प्राप्त हुने अपेक्षा लिएको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालले बताए। सम्झौतापत्रमा निमित सचिव दाहाल र सीताराम कट्टेलले हस्ताक्षर गरेका छन्। सद्भावना दूत नियुक्तिका लागि विराटनगरमा आयोजित सम्झौता कार्यक्रममा प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले अभियान प्रभावकारीरूपमा एक वर्ष सञ्चालन हुने बताए। उनले स्वस्थ नागरिक निर्माण र प्रदेश निर्माण अभियानमा महŒवपूर्ण आधार निर्माण हुने बताए। सामाजिक विकास मन्त्री जीवन घिमिरेले रोग लाग्न नदिने उपायको खोजीका लागि मन्त्रालय लागेको बताए। उनले मन्त्रालयले सरसफाइलाई उच्च प्राथमिकतामा राखेको काम गरिरहेको बताए।
सद्भावना दूत सीताराम कट्टेल ९धुर्मुस०ले स्वास्थ्य जीवन प्रवद्र्धनका लागि मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। सामाजिक विकास मन्त्रालयले गत वैशाख १ गते स्वास्थ्य प्रवद्र्धन वर्ष घोषणा गरेको थियो।