पारसको अवस्था स्थिर

0
Shares

काठमाडौं, (नेस)
पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको छ। ललितपुरको कार्यक्रममा सहभागी भएर फर्कनुभएका उहाँलाई हर्ट अट्याक भएपछि नर्भिक अस्पताल थापाथलीमा राखिएको थियो।

हिजो मंगलबार पत्रकार सम्मेलनमा उहाँको अवस्था स्थिर रहेको जानकारी गराइएको थियो। विगतमा पनि उहाँलाई पटकपटक बिरामी भएर अस्पताल लगिएको थियो। पूर्वराजपरिवारलाई वंशाणुगत रूपमै मुटुको समस्या छ। तत्कालीन राजा त्रिभुवन र महेन्द्रलाई ह्दयघात भएको थियो। ज्ञानेन्द्रलाई पनि हृदयघात भइसकेको डा। जेपी जैसवालले बताउनुभयो। ज्ञानेन्द्रको परिवार नै मुटुरोगको जोखिममा रहेको उहाँको भनाइ छ।

प्राडा। यादवकुमार देव भट्टले एन्जियोप्लास्टिपछिको ७२ घण्टासम्म पारस खतराकै अवस्थामा रहेको बताउनुभयो। ‘पारसलाई अहिलेसम्म भएका ह्दयघात वंशाणुगत हुन्, वंशाणुगत ह्दयघात निकै खतरनाक हुने भएकाले पारस ७२ घण्टासम्म खतरामुक्त हुनुहुन्न’, प्राडा। भट्टले अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो– ‘अहिले उहाँको ब्लड प्रेसर नर्मल छ तर, हाई कोलेस्ट्रोल अर्को समस्याको रूपमा देखिएको छ।’
सीसीयूमा राखिएका पारसलाई आफन्तजनसँग भेट गर्न दिइएको छ।