प्रकाश पन्त, वीरेन्द्रनगर
कर्णाली प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा पाँच सय मगावाट विद्युत् उत्पादन गर्ने भएको छ। सोमबार र मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रदेश समन्वय परिषद्को प्रथम बैठकले प्रदेश र स्थानीय तहको लगानीमा पाँचसय मेगावट विद्युत् उत्पादन गर्ने साझा प्रतिवद्धता गरेको हो।
कहाँ कति वर्षमा विद्युत् उत्पादन गर्ने भन्ने स्पस्ट छैन। तर आउने वर्षदेखि प्रदेश र स्थानीय सरकारको लगानीमा पाँच सय मेघावट विद्युत् उत्पादन गर्ने मुख्यमन्त्री महेन्अबहादुर शाहीले बताए। प्रदेशको विद्युतीकरण र बैकल्पिक उर्जाको विकास गर्ने साझा प्रतिवद्धता पत्रमा उल्लेख छ।
पूर्वाधार विकास, कृषि, वन, पर्यटन, उद्योग, उर्जालगायतका क्षेत्रमा परियोजना बैंक बनाएर लगानी गर्ने उनले जानकारी दिए। समृद्ध कर्णाली, खुसी कर्णालीवासीको सपना साकार पार्न कर्णाली विकास मोडेल तयार पारिनेछ। यसमा प्रदेशका जनताको प्रतिव्यक्ति आय २ हजार १ सय डलर पुरयाउने दावी गरिएको छ।
कर्णालीका रैथाने बालीको संरक्षण गर्ने, प्रदेश र स्थानीय तहमा लगानी मैत्री वातावरण बनाउने, वितरणमुखी नभई नजितामुखी योजना बनाउने, योजनाको अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाइने साझा प्रतिवद्धतामा जनाएको छ।
एकिकृत बस्ती विकास, जनता आवास, केन्द्र, प्रदेश र स्थानीय सरकारसंगको समन्वयमा योजना निर्माण गरिनेछ। स्थानीय उत्पादनमा वृद्धि गरी रोजगारी सृजना गर्ने, गरिबी निवारण हुने कार्यक्रमलाई प्राथमिकता दिने मुख्यमन्त्री शाहले बताए। स्थानीय तहबाट पारित नीति तथा कार्यक्रम अब प्रदेशमा उपलब्ध गराएर कार्यान्वयन गर्ने नीति तथा प्रणालीगत व्यवस्था अवलम्बन गर्ने पनि उनले बताए।
बैठकमा कर्णाली प्रदेशबाट प्रतिनिधिसभा, राष्टियसभा, प्रदेशसभाका सदस्य, प्रदेशका मन्त्री, मन्त्रालयका सचिव, ७९ स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृ तह, जिल्ला समन्वय समितिका प्रमुखलगायतको सहभागीता रहेको छ।











प्रतिक्रिया