अवैध लागूऔषध सहित ५ जना पक्राउ

0
Shares

काठमाडौं ।
मकवानपुर, सुर्खेत र रौतहटबाट अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(३ लेवटबाट भारत मोतिहारी बस्ने अन्दाजी २१ वर्षीय महमद एक्रमोदिन, २३ वर्षीय जाबेद आलम र २१ वर्षीया शान्तीदेबी आलमलाई अवैध लागूऔषध गाँजा करिब ४० केजी सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बिआर २९ बि ४५८१ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा पछाडिको सिटमुनि लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ पिपल चौतराबाट चितवन भरतपुर महानगरपालिका(१८ भुवनबस्ती बस्ने ३१ वर्षीय अर्जुन थापा मगरलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट १ हजार २ सय एम्पुल,स्पास्मो प्रोक्सिबन प्लस ४५ पिस र कोरेक्स २ पिस सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरीले वीगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना।७ ख ९०३५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका(६ स्थित राधाकृष्ण मन्दिर नजिक बस्ने १९ वर्षीय समित अन्सारी अबैध लागूऔषध ९० मिलिग्राम ब्राउन सुगर सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अन्सारीको कोठामा लागूऔषध राखेको सूचनाको आधारमा नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले ३ वटा पुरीयामा उक्त परिमाणको लागूऔषध लुकाई छिपाई राखेको अवस्थामा फेलापारी उनलाई पक्राउ गरेको हो ।

रौतहट चन्द्रपुर नगरपालिका(१० स्थित डुमरीया चोकमा ग।१ ख ६१२६ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार काठमाडौं डेरा गरी बस्ने गोरखा घ्याम्पेसाल घर भएका दिनेश विकलाई नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय १० एम्पुल, स्पास्मो प्रोक्सिभन २४ एम्पुल, डाईजेल्याप ७ एम्पुल, नोरफिन ७ एम्पुल, फेनारगन ७ एम्पुल र एभिल ५ एम्पुल सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।