मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न डीएफओ अटेर, माथिल्लो तामाकोशीको विद्युत् खेर जाने स्थितिमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ
मन्त्रिपरिषद्को निर्णय र वन विभागसँग भएको सम्झौता कार्यान्वयन गर्न डिभिजन वन कार्यालय सप्तरीले आनाकानी गर्दा माथिल्लो तामाकोशीबाट उत्पादन हुने विद्युत् खेर जाने स्थितिमा रहेको छ। वनका कारण हेटांैडा–ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारणलाइन आयोजनाको काम साढे दुई वर्षदेखि रोकिँदा माथिल्लो तामाकोशीबाट समयमा विद्युत् उत्पादन भए पनि खेर जाने स्थिति भएको हो।

सप्तरी डिभिजन वन कार्यालयका प्रमुख ९डीएफओ० धीरेन्द्रप्रताप सिंहले विभिन्न बहना बनाउँदै नियोजित रूपमा रुख कटानका लागि आदेश नदिँंदा आयोजनाको काम रोकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। रुख कटानको स्वीकृति दिन आयोजनाले पटक–पटक गरेकोे ताकेतालाई डीएफओ सिंहले अस्विकार गर्दा सप्तरीमा पर्ने आयोजनाको टावर निर्माण नै रोकिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो।

मन्त्रिपरिषद्को २०७३ भदौ १ गते सप्तरी जिल्लामा पर्ने आयोजनाको टावर तथा २३ मिटर दायाँ र २३ मिटर बायाँ प्रसारणलाइनको रुट ९राइट अफ वे० का लागि ३१ दशमलव ६७ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्न र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति दिएको थियो।

तत्पश्चात हेटांैडा–ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारणलाइन आयोजना र वन विभागबीच २०७३ मंसिर १९ गते सम्झौता भई कार्यान्वयनका लागि तत्कालीन जिल्ला वन कार्यालय सप्तरी पठाइएको थियो। तर, कार्यालय प्रमुख सिंहले विभिन्न बहाना बनाउँदै ढिलाइ गरिदिएका कारण हालसम्म रुख कटान सम्बन्धी प्रक्रिया अगाडि बढ्न नसकेको आयोजना प्रमुख राधेशरण महतोले जानकारी दिनुभयो।

‘मन्त्रिपषिद्बाट कुल ४८४१ वटा रुख हटाउने तथा भोगाधिकार उपलब्ध गराउन स्वीकृति भएको थियो तर अहिले २ बर्ष पछि पुनः छपान टाँचा लगाउने प्रयोजनको लागि भरिफिकेशन गर्दा ८९९ थान रुख संख्या बढ्यो भनि थप स्वीकृतिको लागि विभागमा फाइल पठाएको छ,’ महतोले भन्नुभयो–‘ विभागमा फाइल माघ ११ गतेमा दर्ता भएको छ। अहिले बढ्यो भनिएको रुख संख्या आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनभन्दा कम नै छ।’

महतोका अनुसार डीएफओले आफूलाई फुर्सद नभएको, आफ्नो धेरै काम भएको भन्दै बहानाबाजी गर्दै आएका छन्। अहिले बल्ल तल्ल फाइल विभागमा पुगेको छ। पाँच वर्षदेखि सप्तरीको डीएफओ रहेका सिंह उमेर हदका कारण आगामी असारमा अनिवार्य अवकास पाउँदैछन्। सप्तरीकै स्थायी बासिन्दा रहेका सिंहले अवकास नपाएसम्म काम नहुने आयोजनाको अनुमान छ।

‘यो प्रसारणलाइनको निर्माण एक वर्षभित्रमा सकेनौं भने ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने जोखिम छ, यस्तो रणनीतिक तथा राष्ट्रिय महत्वको प्रसारणलाइनको काम रुख कटानको सम्पूर्ण प्रक्रिया पूरा गर्दासमेत एक जना डिएफओका कारण रोकिएको छ’, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भन्नुभयो–‘पूर्वदेखि पश्चिमसम्म धेरै जिल्ला पार गर्दै उच्च क्षमताका प्रसारणलाइनको निर्माण गर्नुपर्ने छ, हरेक डीएफओले यसरी नै अवरोध गर्ने हो भने प्रसारणलाइनको निर्माण कसरी गर्न सकिन्छ र हामीले भन्दै आएको ऊर्जा क्षेत्रको विकास कसरी हुन्छ रु’

माथिल्लो तामकोसीबाट आगामी कात्तिकबाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको छ। दोलखाको गोंगर–खिम्ती ९रामेछाप०–ढल्केबर ९धनुषा० २२० केभी प्रसारणलाइनमार्फत् आउने विद्युत् ढल्केबर पूर्व र पश्चिममा हाल रहेको १३२ केभी प्रसारणलाइनको क्षमताले नधान्ने हुँदा माथिल्लो तामकोसीको विद्युत् प्रवाह गर्न नसकिने घिसिङले जानकारी दिनुभयो।

हेटौडा–ढल्केबर–दुहबी २८५ किलोमिटर प्रसारणलाइन आयोजनाले ७९२ वटा टावरमध्ये सप्तरीमा १४२ वटा पर्छ। त्यसमध्ये ११७ टावरको जग हालिएको छ। बांँकी २५मध्ये १३ वटा वन क्षेत्रभित्र पर्छ। तत्काल कटान शुरू नगर्ने हो भने छपान गरिएका रुखमा राखिएको नम्बर मेटिने हुँदा पुनः छपान गर्नुपर्ने हुन्छ। यसले गर्दा आयोजनाको काम झनै प्रभावित हुनेछ। नेपाल सरकार, प्राधिकरणको लगानी र विश्व बैकको नेपाल–भारत विद्युत् प्रसारणलाइन तथा व्यापार पयिोजनाअन्तर्गतको सहुलितपूर्ण निर्माण भइरहेको आयोजनाको निर्माण अप्रिल २०२०मा सक्ने लक्ष्य राखिएको छ।

सबैला घटनाका मृतकका परिवारलाई क्षतिपूर्ति
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले धनुषाको सबैलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँंच लाख दिने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पुर्ण घाइतेहरूको उपचारसमेत सरकारले व्यहोर्ने निर्णय गरेको जानकारी दिनुभयो। धनुषाको सबैला नगरपालिका ४ कोठिया बल्टियामा जन्ती गएको बस फर्किने क्रममा करेन्ट प्रवाह भई आगलागी हुँंदा ६ जनाको मृत्यु भएको थियो भने करेन्ट लागेर गत शुक्रबार २१ जना घाइते भएका थिए।