कान्तिपथमा यामाहाको ‘अपग्रेडेड’ शोरुम

0
Shares

काठमाडौं, (नेस)
मएडब्लु इन्टरप्राइजेजले सोमबारबाट काठमाडौंको कान्तिपथ, जमलमा थप सुविधासहितको यामाहाको ‘अपग्रेडेड’ शोरुम शुरू गरेको छ। एमएडब्लु इन्टरप्राइजेजले नयाँ डिलर सम्मान इन्टरप्राइजेजमार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्सहित एक्सचेन्ज र स्पट फाइनान्सको सुविधा पाउनुहुनेछ।
नयाँ शोरुमको उद्घाटन मिस नेपाल २०१८ श्रृंखला खतिवडाले गर्नु भएको थियो। उद्घाटनका क्रममा बोल्नु हुँदै एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु अग्रवालले नयाँ शोरुम पहिलेभन्दा अझ बढी परिस्कृत, व्यवस्थित र ग्राहकमैत्री हुने बताउनुभयो।‘मलाई विश्वास छ, सम्मान इन्टरप्राइजेजले यामाहाप्रति ग्राहकको विश्वासलाई अझ बलियो बनाउनेछ र नयाँ उचाइमा पु¥याउनेछ।’ उहाँले भन्नुभयो।

सम्मान इन्टरप्राइजेजका प्रबन्ध निर्देशक सुरज मानन्धरले यामाहा ब्रान्डसँग विगत दुई दशकदेखि नजिक रहेको र अटुट विश्वासकै कारणले यो सम्भव भएको बताउनुभयो।‘आफूले सधैं विश्वास गरेको ब्रान्डसँग अझ नजिक हुन पाउनु मेरो लागि गौरवको कुरा हो।’ उहाँले भन्नु भयो–‘मेरो एउटै मात्र उद्देश्य ग्राहकको पूर्ण सन्तुष्टि हुनेछ।’ उहाँ लामो समयदेखि यामाहालगायत एमएडब्लुको विभिन्न डिभिजनको नेतृत्व तहमा कार्यरत हुनुहुन्थ्यो।
सम्मान इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरूको एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनु हुनेछ। हाल स्कुटर सेग्मेन्टमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल बजारमा उपलब्ध छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन्। यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ। यामाहाका मोटरसाइकल र स्कुटरहरू प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन्। यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युलइन्जेक्सन ९एफआई० प्रविधि जडान गरिएको छ।