प्रकाश पन्त, वीरेन्द्रनगर
जल तथा मौसमसम्बन्धी पूर्वसूचना दिनका लागि सुर्खेतमा स्थापना भएको नेपालकै पहिलो मौसमी राडार केन्द्र प्रयोगविहीन भएको छ। सरकारले वीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सार्ने निर्णाय गरेपछि राडार प्रयोगविहीन भएको हो। रातानाङ्ला डा“डामा विश्व बैंकका ऋण तथा अनुदान सहयोगमा अमेरिकाको इन्टरप्राइज इलेक्ट्रोनिक को–अप्रेसन कम्पनीले राडार केन्द्र निर्माण गरेको हो। महिना दिनअघि निर्माण भए पनि बुझ्ने निकाय नहु“दा कम्पनीले राडार केन्द्र हस्तान्तरण गर्न सकेको छैन।
२०७५ असारमा सरकारले जल तथा मौसम विज्ञान विभाग मातहतका क्षेत्रीय स्तरका कार्यालयलाई यथावत राख्ने निर्माण गरेको थियो, तर ऊर्जा मन्त्री वर्षमान पुनको प्रस्तावमा गत असोज २८ गते मन्त्रिपरिषद् बैठकले उक्त निर्णायलाई उल्ट्याउ“दै कोहलपुर कार्यालय सार्ने निर्माण गरेपछि राडारको मुख्य केन्द्र कहा“ रहने भन्ने अन्योल सिर्जना भएको हो। मन्त्री पुनकै दबाबमा जल तथा मौसम विज्ञान विभागले अहिलेसम्म राडार केन्द्र कहा“ राख्ने भन्ने टुंगो लगाउन सकेको छैन।
करिव १९ करोड रुपिया“को लागतमा निर्माण भएको राडारको महŒव सरकारले नबुझेको सुर्खेतबासीले गुनासो गरेका छन्। करोडौं रकम खर्चेर बनाएको राडार मन्त्रीको व्यक्तिगत इच्छामा प्रयोगमा आउन नसक्नु लाजमर्दो कुरा भएको उनीहरूले बताएका छन्। ‘राडारबाट अधिकतम लाभ लिन सुर्खेतमै कार्यालय रहनुपर्छ’, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष कुलमणि देवकोटाले भने– ‘सुर्खेतमा राडार स्थापना गरेर क्षेत्रीय हवापानी कार्यालय रातारात कोहलपुर सार्ने निर्णय गर्नु गलत भयो। यसलाई सच्याउनुपर्छ। सुर्खेतको कार्यालय कोहलपुर सार्नुहु“दैन।’
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जुकुमार वैद्यले राडार प्रयोगमा आइरहेको दाबी गरे। उनले भने– ‘यसलाई काठमाडौंबाटै हेर्न सकिने भएकाले यसको प्रयोग भइरहेको छ।’ उनले नया“ संचरनाअनुसार सुर्खेतको क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सार्ने सरकारले निर्णय गरे पनि राडार सञ्चालनको लागि सुर्खेतमा सानो युनिट राख्ने बताए। उनले सात वटै प्रदेशमा क्षेत्रीय स्तरका हावापानी कार्यालय राख्नको लागि पहल भइरहेको पनि उल्लेख गरे। ‘म आउनुभन्दा पहिले नै भएको निर्णय हो’, उनले भने– ‘त्यसैले यसमा मैले केही गर्न सक्दिन, सरकारले मात्र निर्णय बदल्न सक्छ।’
प्रदेश नम्बर पा“चको भैरहवा र नेपालगन्जमा दुई वटा क्षेत्रीय हावापानी कार्यालय छन्। सुर्खेतबाट कोहलपुर सारिए तीन वटा क्षेत्रीय कार्यालय हुनेछन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा एउटा पनि क्षेत्रीय हावापानी कार्यालय छैनन्। त्यसैले यी दुई प्रदेश हेर्ने गरी साविककै क्षेत्रीय कार्यालयलाई कोहलपुर सार्न नहुनेमा कर्णाली प्रदेश सरकारले पनि जोड दिएको छ। प्रदेश सरकारले केन्द्र सरकारलाई कार्यालय नसार्न आग्रह समेत गरिसकेको बताएको छ।
के हो मौसमी राडार ?
सुर्खेतको रातानाङ्ला डा“डामा रहेको राडारले तीन सय किलोमिटर वरिपरि दूरीसम्मको मौसमको पूर्वअवस्थाको जानकारी दिन्छ। यो क्षेत्रमा कहा“, कुन समयमा कति वर्षा भइरहेको छ ? अथवा हुन सक्छ भन्ने पूर्वसूचना दिन्छ। राडारले कर्णाली, सुदूरपश्चिमका साथै पा“च नम्बर प्रदेशको भूभाग पनि ‘कभरेज’ गर्छ। वर्षात्को तीव्रता, हावाको बहाव, वादलको अवस्था, असिना, हिउ“, चट्याङसम्बन्धी मौसमी जानकारी दिएर जोखिम पूर्वानुमान गर्न सहयोग गर्छ। यस्तै हवाई दुर्घटना रोक्न पनि सहयोग गर्ने मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले बताए।
‘दुई वटा विमानस्थलको मौसम सफा रहे पनि राडारले दुई विमानस्थल बीचमा पर्ने हवाई रुटमा कहा“ कति बादल लागेको छ ? कति वर्षा भइरहेको छ भन्ने जानकारी पनि दिन्छ’, उनले भने– ‘यसले हवाई सुरक्षामा सहयोग गर्छ भने बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपबाट वर्षेनी समस्या भोग्दै आएका बासिन्दालाई पनि पूर्वसूचना दिएर जोगिन सहयोग गर्छ।’
२०७१ सालमा गएको बाढी, पहिरोबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि सुर्खेतमा राडार स्थापना गरिएको हो। नेपालमै पहिलोपटक बाढी र डुबानको पूर्वानुमान गर्न सुर्खेतमा मौसमी राडार स्थापना गरिएको हो। करिब १ सय ५० अर्धव्यासको आकाशमा स्क्यानिङ गर्न सक्ने उक्त राडारबाट आकाशमा बादल भए, नभएको, पानी के कति पर्ने भन्ने बारेमा सूचना लिन सकिन्छ। आकाशतर्फ तेर्साएर राखिएको यन्त्रले वास्तविक अवस्थाको तस्वीर खिच्ने र त्यसका आधारमा हिमपात, असिना तथा स्थानीय क्षेत्र हवाई यातायातका लागि उपयुक्त भए नभएको अनुमान गर्न सकिन्छ। यसबाट विभिन्न नदीमा बाढी आउन सक्ने सम्भावनाको समेत विश्लेषण गरी सतर्कता अपनाउनलाई आवश्यक रणनीतिसमेत बनाउन सहज हुन्छ।
नौ महिनाअघि नै काम सम्पन्न
यसैबीच राडार स्थालसम्मको पहु“च मार्ग निर्माणलगायतका काम ठेकेदारले नौ महिनाअघि नै सम्पन्न गरेका छन्। ३ सय १५ मिटर लामो पहु“च मार्ग निर्माण गर्ने, राडार स्थल वरिपरि तारबार गर्ने, चौकीदार भवन बनाउने, गेट बनाउने, कल्भर्ड र नाली निर्माण गर्ने तथा पानी टंकी निर्माण गर्ने काम नौ महिनाअघि नै सकेको निर्माण व्यवसायी दलबहादुर बीसीले बताए। उनले १ करोड २९ लाखको काम गरेका हुन्।











प्रतिक्रिया