ओसाकाले जितिन् अस्ट्रेलियन ओपन


मेलबर्न, (एजेन्सी)
दोस्रो सेटमा ३ म्याच प्वाइन्ट गुमाएर निरास भएकी नाओमी ओसाकाले अन्ततः निर्णायक सेट जित्दै अस्टे«लियन ओपनमा च्याम्पियन बनेकी छन् ।

२१ वर्षीया ओसाकाले दुई पटककी ग्रान्डस्लाम च्याम्पियन पेत्रा केभीटोभालाई ७–६, ५–७, ६–४ ले हराएकी हुन् । पहिलो सेट टाइब्रेकरमा जितेपछि दोस्रो सेटमा ५–३ को स्थितिमा तीन म्याच प्वाइन्ट उनको साथ थियो । तर उनी त्यो अवसर लिन नसकेपछि चेक खेलाडी पेत्राले लगातार ४ गेम जित्दै दोस्रो सेट हात पारेकी थिइन् । योसँगै खेल निर्णायक सेटमा पुग्यो । मेलबर्नको रड लेभर एरेनामा भएको रोमाञ्चक फाइनलको निर्णायक सेटमा ओसाकाले जित्दै अस्टे«लियन ओपनको ट्रफीमा आफ्नो नाम लेखाइन् ।

जापानी खेलाडीको यो लगातार दोस्रो ग्रान्डस्लाम हो । यसअघि गत सेप्टेम्बरमा यूएस ओपनमा ओसाका विजयी भएकी थिइन् । यो उपाधिले उनलाई नम्बर एक खेलाडी पनि बनाउने भएको छ । सोमबार सार्वजनिक हुने विश्व महिला सिंगल्सको वरियतामा उनको नाम पहिलो नम्बरमा आउने पक्का छ । साथै विश्व टेनिसमा पहिलो पटक कोही पनि एसियन खेलाडी विश्व नम्बर एक भएको यो पहिलो अवसर हो ।

पेत्राको लागि भने यो उपाधि गुमाउँदा पहिलो पटक विश्व नम्बर एक हुने अवसरबाट वंचित भयो । पेत्राले पहिलो सेटमा टाइब्रेकसम्म तानेपनि अनफोर्सड इरर बढी प्रहार भएको हुँदा सो सेट ७–२ ले गुमाउन पुगिन् । त्यसो त उनले दोस्रो सेटमा अन्तिममा लगातार ४ गेम जितेर खेल एक–एक सेट बराबरी गरेकी थिइन् । निर्णायक सेटमा भने उनी ओसाकाको ब्याकह्यान्ड, फरह्यान्ड प्रहारसँगै सर्भिसविरुद्ध कमजोर देखिएकी थिइन् । उनले सो सेटमा निकै अनावश्यक गल्ती गरेकी थिइन् ।

पछिल्ला १० वर्षमा विजेता÷उपविजेता
२०१९ नाओमी ओसाका (जापान)÷पेत्रा केभीटोभा (चेक रिपब्लिक)
२०१८ क्यारोलिन वजनीयाकी (डेनमार्क)÷सिमोना हालेप (रोमानिया)
२०१७ सेरेना विलियम्स (अमेरिका)÷ भेनस विलियम्स (अमेरिका)
२०१६ एन्जेलिक केर्बर (जर्मनी)÷सेरेना विलियम्स (अमेरिका)
२०१५ सेरेना विलियम्स (अमेरिका)÷ मारिया सारापोभा (रुस)
२०१४ ली ना (चीन)÷डोमिनीका चिबुल्कोभा (स्लोभाकिया)
२०१३ भिक्टोरिया अजारेन्का (बेलारुस)÷ली ना (चीन)
२०१२ भिक्टोरिया अजारेन्का (बेलारुस)÷ मारिया सारापोभा (रुस)
२०११ किम क्लाइस्टर्स (बेल्जियम)÷ली ना (चीन)
२०१० सेरेना विलियम्स (अमेरिका)÷जस्टिन हेनीन (बेल्जियम)