दोस्रो एकदिवसीय क्रिकेटः यूएईमाथि नेपालको शानदार जित


नेपाल समाचारपत्र, काठमाडौं ।
दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि १४५ रनको फराकिलो जित निकालेको छ । यससँगै तीन म्याचको सिरिजमा १–१ को बराबरी भएको छ । नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो ।
तेस्रो तथा अन्तिम म्याच सोमबार हुने बताइएको छ ।