काठमाडौँ, (नेस) । नेपाली कांग्रेस (विपी) को भ्रातृ संगठन नेविसंघको केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ ।
अध्यक्ष अन्जान लामाका अनुसार समसामयिक राजनीतिका साथै आगामी कार्यदिशाबारे बैठकमा छलफल हुनेछ । सबै जिल्ला अध्यक्षका साथै पार्टीको नेताहरुको समेत उपस्थितिमा हुने उक्त बैठकले सबै जिल्लामा संगठन बिस्तार गर्दै लाने जनाइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिएको उक्त पार्टीले कांग्रेस विचार र सिद्धान्त छोडेर गलत बाटोमा गइसकेकाले प्रजातान्त्रिक पार्टीको रुपमा आफूलाई स्थापित गर्ने दावी गरेको छ ।
‘यो हाम्रो बैठकले एउटा नयाँ दृष्टिकोण र राजनीतिक दिशा प्रस्तुत गर्नेछ’ अध्यक्ष लामाले भने ‘यो बैकल्पिक प्रजातान्त्रिक पार्टी हो, कांग्रेस छोडेर पनि हामीकहाँ आएका छन् ।’
लामा पार्टीको पनि केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टीले तरुण दल, महिला संगठन, ट्रेड युनियनसमेत गठन गरेको जनाएको छ ।











प्रतिक्रिया