ॐ अस्पतालकाे यति सम्मको चरम लापरवाही !

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
धेरै सुन्नमा पाईएको थियो निजी अस्पतालमा लापरवाही हुन्छ भनेर तर बुधबार प्रत्यक्षदर्शी बनिएको छ । राजधानीको चावहिलमा रहेको ॐ अस्पताल एण्ड रिसर्च सेन्टरमा चरम लापरवाही देखियो । बुधबार उक्त अस्पतालमा सामान्य छाती दुखेर अस्पताल आएका विरामीलाई हट्अट्याक भएको भन्दै जवरजस्ती औषधी खुवाउन थालियो ।

विरामीले भन्दै थिए– ‘‘मलाई हट्हट्याक भएको छैन म औषधी खाँदैन ।’’ त्यसैमा सो अस्पतालकी नर्सले चिच्याएर भनिन् औषधी नखाने भए अस्पताल किन आएको ? त्यसैमा ति विरामीको जवाफ थियो– ‘‘म सामान्य छाती दुखेर जाँच गर्न आएको ।’’

सो अस्पतालकी ती नर्सले भनिन तपाईको इसीजी रिर्पोटमा हटअट्याकको लक्षण देखिएको छ भन्दै पुनः ती विरामीलाई औषधी खान आग्रह गरियो ।

विरामीले भन्दै थिए मेरो इसीजी नै भएको छैन तर नर्सले बाघले मृगलाई झम्टेजस्तै भम्टिन पुगिन् । विरामीले औषधी खान नमानेपछि भनाभन भयो । चिकित्सक आए तपाइकाे इसीजी रिर्पोटमा त्यही देखिन्छ औषधी खानुस भनि पुनः कर गरियो ।

तर ती विरामीले औषधी खान नमानेपछि चिकित्सकले नसैलाई उनको एक पटक इसीजी गर्ने आदेश दिए । विरामीको इसीजी गरियो तर उनकोको मुटु नर्मल रहेको रिर्पोट आयो ।

रिपोर्टमा त्यस्तो देखिएपछि एकछिन अस्पतालमा हल्लीखल्ली मच्चियो । पछि चिकित्सकले बुझ्दै जाँदा अर्कै विरामीको रिर्पोट ती औषधी खान नमान्ने विरामीको नाममा प्रिन्ट गरेर ल्याइएको पुष्टी भयो ।

अस्पतालमा त्यतिसम्मको चरम लापरवाही देखिएपछि अस्पतालका चिकित्सक सरी गल्ती भयो भन्न बाहे अरु केही उपाए रहेन ।

निजी अस्पतालमा यतिसम्मको चरम लापरवाही आम नेपाली जनताले भोग्नु परेको छ । अन्ततः अस्पतालले लाज नै नमानी विरामीका आफन्तलाई पैसा दिएर केस मिलाउन तर्फ अस्पताल प्रशासन लागेको छ । पटक पटक ओम अस्पतालले यस्ता चरम लापर्वाही गरिरहेको छ तर अस्पताल माथि कारवाही भएको छैन ।

आज बिहीबार अस्पातल प्रशासन र विरामीका आफन्तबीच वार्ता भइरहेको छ ।