देशभरका अस्पताल प्रदेशको जिम्मा लगाउँदै सरकार

0
Shares

काठमाडौं । सरकारले देशभरका अस्पताललाई सात प्रदेशको जिम्मा लगाउने भएको छ । सरकारले सातै प्रदेशभित्रका अस्पताल प्रदेश सरकारको जिम्मा लगाउने भएको हो ।

स्वास्थ्य मन्त्रालयले एक कार्यक्रम आयोजना गरी सातै प्रदेशका सामाजिक विकासमन्त्रीलाई अस्पताल हस्तान्तरण गर्ने तयारी गरिरहेको छ ।

प्रदेश–१ मा रहेको कोशी अञ्चल अस्पताल, गजेन्द्रनारायण अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, प्रदेश ३ को भरतपुर अस्पताल, प्रदेश ५ को भेरी अञ्चल अस्पताल र सुदूरपश्चिमको डडेलधुरा उपक्षेत्रीय अस्पताल प्रदेशलाई हस्तान्तरण गरिएको छैन । यी अस्पताललाई टर्सरी हस्पिटलका रुपमा विकास गर्ने बताइएको छ ।