कर छलेबापत रोनाल्डोलाई २३ महिना जेल सजाय


काठमाडाैं । रियल म्याड्रिडका पूर्वस्टार क्रिस्टियानो रोनाल्डोलाई स्पेनको एक क्षेत्रीय अदालतले कर छलेको आरोप लगाएको छ । उनलाई सो कर छलेको आरोपमा २३ महिना जेल र १८.५ मिलियन युरो जरिवाना गर्ने फैसला पनि सो अदालतले सुनाएको छ । तर, रोनाल्डो जेल भने बस्नुपर्ने छैन । स्पेनको कानुनअनुसार पहिलोपटक अहिंस्रक अपराधका दोषीलाई दुई वर्षसम्मको जेल सजाय लागू नहुने भएका कारण उनी जेल बस्नु नपर्ने भएको हो ।

रोनाल्डो र म्याड्रिडबीच करकै विषयमा विवाद भएका कारण उनले यसै सिजन रियल म्याड्रिड छोडेर इटालियन क्लब युभेन्ट्स भित्रिएका थिए ।
रोनाल्डोले आफूले २०११ देखि २०१४ सम्म कर छलेको आरोप स्वीकार गरेपछि अदालतले सो फैसला सुनाएको बताइएको छ

रोनाल्डोलाई अदालतमा उपस्थित गराउँदा उनका वकिलले सञ्चारमाध्यमले प्रयोग गर्न नपाउने मार्ग प्रयोग गर्न दिन आग्रह गरे पनि न्यायाधीशले वकिलको आग्रहलाई अस्वीकार गरेका थिए । तर, पत्रकारहरूलाई झुक्याउँदै रोनाल्डो अदालतको निर्धारित समयभन्दा निकै अघि स्पेनिस फुटबल टिमका सदस्य जाबी अलोंसाका साथमा अदालत पुगेका थिए ।