रुकुम पश्चिममा चट्याङ लागेर एकै परिवारका ६ जना घाइते

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ माछमीमा चट्याङ लागेर एकै परिवारका ६ जना घाइते भएका छन् । बुधबार मुसिकोट नगरपालिका–३, माछमिका जीतबहादुर ओलीको घरमा बिहान ६ बजे परेको चट्याङ लागेर ४ बालबालिका र २ महिला घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर जीतबहादुरकी २८ बर्षीया श्रीमती कमला खड्का ओली, उनका ११ वर्षीय छोरा चिन्तन, ७ वर्षीय छोरा मनन, जितबहादुरकी भाइबुहारी २५ वर्षीया समिति ओली, उनकी ९ वर्षीया छोरी दुर्गा र ७ वर्षीय छोरा दिपेश घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

घाइते सबैको अवस्था सामान्य भएको र उनीहरु सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरी निरिक्षक क्षेत्रीले बताउनुभयो । चट्याङको कारण जितबहादुरको ६ कोठे घरमा क्षति पुगेको छ ।