काठमाडौं, (नेस)
विगत ५ महिनादेखि कार्यकारी प्रमुखविहीन बनेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले बल्ल कार्यकारी प्रमुख पाएको छ। नास्टका उपकुलपतिमा डा। सुनीलबाबु श्रेष्ठ नियुक्त हुनुभएको छ।
राजनीतिक भागवण्डाका आधारमा नियुक्त हुने उपकुलपतिको दौडमा श्रेष्ठसँगै नास्ट प्राज्ञद्वय डा। जनार्दन लामिछाने र डा। दिनेश भुजु पनि हुनुहुन्थ्यो। ‘अन्ततः नास्टले कार्यकारी प्रमुख पाएको छ, राजनीतिक दौडमा श्रेष्ठले अन्यलाई उछिन्नुभएको छ।’ –नास्टका एक वरिष्ठ अधिकारीले नेपाल समाचारपत्रसँग भने।
स्रोतका अनुसार श्रेष्ठ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ निकटका नातेदार हुनुहुन्छ। नास्टका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई सो जिम्मेवारीमा नियुक्त गर्नुभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। श्रेष्ठले मंगलबार नियुक्तिपत्र बुझ्नुभए पनि आज बुधबार मात्रै नास्ट मुख्यालय खुमलटारमा पदबहाली गर्दै हुनुहुन्छ।
श्रेष्ठ यसअघि ३ पटक राष्ट्रिय योजना आयोगका सदस्य रहनुभएको थियो भने उहाँ नास्टका प्राज्ञ एवं नास्ट व्यवस्थापन परिषद्का सदस्य हुनुहुन्थ्यो।
नास्ट इतिहासमा सम्भवतः सबैभन्दा कम उमेरमा नास्टको कार्यकारी जिम्मेवारी सम्हाल्ने उहाँ नै पहिलो हुनुहुन्छ। यसअघि प्राध्यापक भइसकेका व्यक्तिले मात्रै यस्तो जिम्मेवारी सम्हाल्ने गरेकामा अब त्यो प्रचलन पनि तोडिएको छ। यसअघिका उपकुलपति प्राडा। जीवराज पोखरेलको कार्यकाल गत भदौ १४ मा सकिएको थियो। कार्यकारी प्रमुख नियुक्त हुन नसक्दा नास्ट प्राज्ञ सभाको बैठक बस्न सकेको छैन भने अन्य वार्षिक कार्यक्रम र बजेटसमेत पारित हुन सकेको छैन।











प्रतिक्रिया