राजधानीमा प्रहरीले हतियार कारोबारी पक्राउ गर्न गोली चलायो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
राजधानीको गोंगबुमा प्रहरीले हतियार कारोबारी पक्राउ गर्न गोली चलाएको छ । प्रहरीले गोली चलाएर हतियार कारोबारी काभ्रेका अभिलास तामाङलाई पक्राउ गरेको छ ।

उनलाई गोंगबुको होटल नक प्रा.लि. मा हतियारसहित हिँडिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो ।

तामाङसँग प्रहरीको जम्काभेट हुँदा उनी प्रहरीमाथि जाईलागेपछि गाेली चलाउनु परेको प्रहरीले जनाएको छ । लामाङको खुट्टामा गोली लागेको छ ।

उनीबाट ६ राउण्ड गोलीसहित एक थान पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । तामाङ तत्कालीन माओवादी लडाकु भएको प्रहरीले जनाएको छ ।

अहिले उनलाई अस्पताल लैजाने काम भइरहेको छ ।