चितवनको नेपाल-भारत सीमामा आजबाट काँडेतार लगाईँदै

0
Shares

नेपाल समाचारपत्र, कठमाडौँ । 
नेपाल–भारतसिमा क्षेत्रमा काँडेतार लगाउन शुरु गरिएको छ । चितवनको ठोरी नगरपालिका– ५, सुमेश्वरगढीको नाकामा आजबाट विप्लव माओवादीले काँडेतार लगाउन लागेको हो ।

तार लगाउनमा त्यँहा दर्जनौँको सहभागिता रहेको छ ।

केहि समय अगाडि मात्रै वर्षौंदेखि भारतले दाबी गर्दै आएको ठोरीस्थित झन्डै एक सय रोपनी जमिनमाथि नेपालको हकदाबी स्थापित भएको थियो ।

देहरादुनमा मुख्यालय रहेको भारतीय सीमा सर्वेक्षण विभागका अधिकारीहरूको उपस्थितिमा जेठ महीनामा नेपालको दाबी अनुसार नै नयाँ सीमा स्तम्भहरू गाडिएपछि ठोरीको विवादित जमिनमा नेपालको सार्वभौमिकता स्थापित भएको थियो ।