काठमाडौं ।
कांग्रेसको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित गरिएको छ ।
सभामुख कृष्णबहादुर महराले कांग्रेसले उठाएका विषय हिजो नै सरकारलाई ध्यानाकर्षण गराइसकेको भन्दै कांग्रेस सांसद्हरुलाई बस्न आग्रह गर्नुभएको थियो । तर सभामुखको कुरा नसुनी कांग्रेस सांसदहरु झन् उग्ररुपमा नाराबाजी गर्न थाले ।
विगतका दिनभन्दा कांग्रेस सांसदहरुले आजको बैठकमा सरकारको चर्को विरोध गरेका थिए । सोमबारको कार्यसूचीमा रहेका धेरैवटा विधेयक प्रस्तुत गर्ने तालिकालाई हटाएर मंगलबारको बैठकमा एउटामात्र विधेयक प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो ।











प्रतिक्रिया