उपत्यकामा भुकम्पः केन्द्र थापाथली

0
Shares

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। थापाथलीलाई केन्द्रविन्दु बनाएर मंगलबार विहान भुकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २६ मिनेटमा ३ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्प मापन केन्दले काठमाडौंको थापाथलीलाई नै केन्द्रविन्दु बनाएर भूकम्प गएको जानकारी दिएको छ । केन्द्रकाअनुसार मंगलवार विहान गएको भुकम्प २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प हो ।