निकिता र रविबीच कानुनी विवाह

0
Shares

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछानेबीच कानुनी विवाह भएको छ।

रविले सोमबार फेसबुकमा एक स्टाटस पोस्ट गर्दै आफँहरूले सोमबार नै काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेको जानकारी दिएका थिए। ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेलजी र मैले कानुनी रूपमा काठमाडौं जिल्ला आदालतमा विवाह दर्ता गरेका छौं।

यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुवैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक अर्काको निकै खाँचो प¥यो’, रविले स्ट्याटसमा लेखेका छन्– ‘हामी एउटै मात्र कुरा चाहन्छौं, आशीर्वाद।

परम्परागतरूपमा हामी आउँदो वैशाखमा विवाह गर्नेछौं। यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, व्याख्यामा हामी अटेनौं भने हामीलाई माफ गर्नुहोला। हाम्रो भोगाइ र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुवै जना यो निर्णयबाट एकदमै खुसी छौं र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनका लागि शुभकामना मात्र चाहन्छौं।’

रविले केही महिनाअघि ईश्वरी श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका थिए भने निकिता पनि केही समयदेखि एक्लै थिइन्।