अभिनेता तथा पेन्टर मुनालको निधन

0
Shares

अभिनेता गणेश न्यौपाने मुनालको उपचारका क्रममा सोमबार राजधानीको वीर अस्पतालमा निधन भएको छ। दर्जनौं नाटक, टेलिफिल्म र फिल्ममा अभिनय गर्दै आएका उनी केही समयदेखि अस्वस्थ थिए।

मुनालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो। त्यहाँ पुगेर कलाकर्मीहरूले उनीप्रति भावपँर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। चाबहिल महांकालका उनको सोमबार नै अन्तिम संस्कार शुरू गरिएको छ। २०५२÷०५३ सालदेखि कलाकारितामा होमिएका मुनालले नेपाल टेलिभिजनबाट प्रसारण हुने उज्यालोतिर नामक टेलिसिरयलबाट अभिनय यात्रा शुरू गरेका थिए।

त्यसपछि भावना, मन, अविरल बग्दछ इन्द्रावती, तीतो सत्य, टेन टु फाइभजस्ता दर्जनौं सिरियलका विभिन्न भँमिकामा अभिनय गरी दर्शकको मन जित्दै आएका उनी कुशल पेन्टरसमेत थिए।

जस्तोसुकै भँमिकामा पनि सरल, सशक्त र सजीवरूपमा प्रस्तुत हुने उनले पहिलोपल्ट प्रेमपिण्ड नामक फिल्ममा अभिनय गरी सेल्युलाइड फिल्मतर्पmको यात्रा पनि अगाडि बढाएका थिए। त्यसपछि एक पल, सेतो बाघ, शिरीषको फँल, दिदीभाइ, मिस्टर डन, लभ लभ लभ, घामपानी, गुड बाई काठमाडौं तथा रिलिज हुन बाँकी गोपीजस्ता फिल्ममा अभिनय गरेका छन्। मुनालका एक छोरा छन्।