१२ विधामा सोसियल मिडिया फिल्म अवार्ड

0
Shares

ड्रिम वल्र्ड फिल्म मेकर्स प्रालिले यही माघ २७ गते सोसियल मिडिया फिल्म अवार्ड–२०१८ आयोजना गर्ने भएको छ।
अवार्डबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष सवनम मुखियाले विभिन्न १२ विधामा अवार्ड प्रदान गरिने जानकारी गराइन्। ती १२ विधाकै उत्कृष्ट पाँचको मनोनयन सँची पनि सार्वजनिक गरिएको छ।

अवार्डका लागि प्राप्त सर्ट फिल्म, वृत्तचित्र, न्युज भिडियो, फेसबुक भिडियो र युट्युब भिडियोबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको अध्यक्ष मुखियाले जानकारी गराएकी छिन्। कार्यक्रम संयोजक रवीन आचार्यका अनुसार अवार्डका लागि यी विधाका ७५ भिडियो प्राप्त भएका थिए। सम्पादक करुण थापा, सञ्चारकर्मी केपी ढुंगाना र सिनेकर्मी एवं सञ्चारकर्मी संगीता श्रेष्ठको निर्णायक टिमले ७५ भिडियो हेरेर उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो।

मनोनयन सँचीअनुसार सर्ट फिल्ममा सातवटा विधाको मनोनयन सार्वजनिक गरिएको छ। यसमा उत्कृष्ट सर्ट फिल्म, सर्ट फिल्म निर्देशक, सर्ट फिल्म सम्पादक, सर्ट फिल्म छायाकार, सर्ट फिल्म ध्वनि, सर्ट फिल्म अभिनेता र सर्ट फिल्म अभिनेत्री रहेका छन्। त्यसै गरी अन्य विधामा उत्कृष्ट ट्रोल, न्युज भिडियो, फेसबुक भिडियो, युट्युब भिडियो र वृत्तचित्रको पनि मनोनयन सँची सार्वजनिक गरिएको छ।

कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले सामाजिक सञ्जालमा आउने यस्ता भिडियो पनि उत्कृष्ट र सन्देशमँलक हुनुपर्छ भन्नेमा अवार्डले प्रोत्साहन गर्ने बताए। चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले एउटा नयाँ अवधारणामा अवार्ड हुन लागेकाले बोर्डका तर्फबाट आफँहरूले सघाउने बताए।

जुरीका सदस्य एवं सञ्चारकर्मी केपी ढुंगानाले निकै उत्कृष्ट भिडियो अवार्डका लागि प्राप्त भएको र त्यसबाट आफँहरूले अझ राम्रा छानेर मनोनयन सार्वजनिक गरेको बताए। संस्थाकी अध्यक्ष मुखियाले सामाजिक सञ्जालमा आउने गरेका फिल्म तथा भिडियोको प्रवद्र्धनका लागि सोसियल मिडिया फिल्म अवार्ड गर्न लागेको बताइन्।