काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि खानेपानी मन्त्री तथा प्रचण्ड बुहारी बिना मगर अस्पताल भर्ना भएकी छन्। केही दिनदेखि रुघा खोकीले ग्रस्त बिनालाई ज्वरो आएपछि सोमबार अस्पताल भर्ना गरिएको प्रचण्ड परिवारका चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए।
डा. शर्माका अनुसार मगरलाई वार्डमा भर्ना गरिएको छ। प्रचण्ड परिवारका धेरै सदस्यलाई मौसमी फ्लूले दुःख दिइरहेको छ। ‘परिवारका अरु सदस्यलाई घरमा उपचार गरिरहेको छु, बिना जीलाई चाहिँ अस्पतालमा नै राख्नुपर्ने अवस्था आयो।’ उनी भन्छन्, ‘धेरै खतरा छैन।’

स्वदेशबिना मगरकी सासु सीता दाहाल पनि अस्पतालमा भर्ना भएकी छन्। ज्वरो धेरै आएपछि उनलाई शनिबार राति सुमेरु अस्पताल, धापाखेलमै भर्ना गरिएको थियो। सीताको स्वास्थ्यमा सुधार आइरहेको डाक्टरले बताएका छन् ।











प्रतिक्रिया