डाभोसमा आज प्रधानमन्त्रीको सम्बोधन

0
Shares

काठमाडौं । विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा भाग लिन स्विट्जरल्याण्डको डाभोस पुग्नुभएका प्रधानमन्त्री केपी ओलीले आज बैठकको पूर्णसत्रलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

मंगलबार बिहान हुने मञ्चको पूर्णसत्रमा प्रधानमन्त्री ओलीले ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ विषयमा सम्बोधन गर्नुहुने जनाइएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सोमबार अपराह्न डाभोस पुग्नुभएको थियो । उहाँलाई जुरिच अन्तर्राष्ट्रिय विमानस्थलमा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।