गोयन्का इलेक्ट्रोनिक्सले शतप्रतिशत बजार वृद्धि गर्ने

0
Shares

काठमाडौं, (नेस)
गोयन्का ग्रुपअन्तर्गतको गोयन्का इलेक्ट्रोनिक्स प्रालिले इलेक्ट्रोनिक्स व्यवसायमा तेस्रो वर्षमा पँरा गरेको छ । विभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामग्री बजारमा ल्याएको कम्पनीले आफ्नै ब्रान्डका सामग्री पनि बजारमा ल्याएको छ ।

कम्पनीले आउने आर्थिक वर्षमा शतप्रतिशत बजार वृद्धि गरी यस करोडबराबरको व्यापार गर्ने लक्ष्य राखेको छ । हाल २०० डिलरको साथमा काम गरिरहेको कम्पनीले २०७७ सम्ममा २५० देखि ३ सय डिलर पु¥याउने लक्ष्य राखेको छ ।

त्यस्तै काठमाडौं, पोखरा, नारायणघाट, विराटनगरमा सर्भिस सेन्टर थप गर्ने तथा पाँच वर्षमा नेपालको कुल इलेक्ट्रोनिक्स बजारको १५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने लक्ष्य राखेको छ।