लेखनाथमा यामाहाको नयाँ शोरुम

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट पोखरा–लेखनाथ महानगरपालिकामा यामाहाको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । एमएडब्लु इन्टरप्राइजेजले विश्वकर्मा अटो वक्र्सको नयाँ शाखामार्फत यामाहा मोटरसाइकल तथा स्कुटरको बिक्री वितरण थालेको हो ।

नया शोरुमको उद्घाटन गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बस्याल र विश्वकर्मा अटो वक्र्सका संस्थापक रामप्रसाद श्रेष्ठले संयुक्त रुपमा गर्नु भएको थियो ।

यामाहाले नेपाली बजारमा विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर ३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’सिरिजमा अत्याधुनिक फ्युलइन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ।