सिटिजन्स र एक्सिस बैंक, भारतबीच रेमिटेन्स सम्झौता

0
Shares

 

काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल र भारतको एक्सिस बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । सम्झौताबमोजिम अब एक्सिस बैंकमार्फत भारतबाट पठाएको विप्रेषण सिटिजन्स बैंकको नेपालभर रहेका ८१ वटा शाखाबाट भुक्तानी पाउन सकिने छ ।

बैंकले यसअघि कतारको दोहा बैंक, युके कोक्यास्को फाइनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाइनान्सियल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड,युएईको अलअहलिया मनि एक्सचेन्ज ब्युरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अलदहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसंँग सम्झौता गरी बैंकिङ प्रणालीमार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तान गर्दै आइरहेको छ ।

यसको अतिरिक्त स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसंँग सहकार्य गरी बैंकले विपे्रषण रकम भुक्तानी गर्दै आइरहेको छ ।