एनसीसी बैंक र नर्भिक अस्पतालबीच सम्झौता

0
Shares

 

काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र नर्भिक इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नर्भिक इन्टरनेशनल अस्पताल तर्फबाट कार्यकारी सञ्चालक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले नर्भिक इन्टरनेशनल अस्पतालका सेवाmमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकहरmले उक्त छुट, बैैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।