हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला

0
Shares

हेटौंडा,(नेस)
विकासको पँर्वाधार–उद्योग र व्यापार’ भन्ने मँल नारासाथ रोजगारी, कृषि, सँचनाप्रविधि, पर्यटन, व्यापार तथा जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले मकवानपुर उद्योग वाणिज्य संघले राष्ट्रिय औद्योगिक व्यापार मेला गर्ने भएको छ ।

जिल्लामा उद्योग व्यापार क्षेत्रको विकास गरी समग्रमा देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्धेश्यले संघले फागुन १६ देखि २६ गतेसम्म हेटौंडा–५, क्याम्पाचौरमा मेला गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

संघको मुख्य आयोजनामा मेला आयोजना गर्न लागिएको संघ अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले मेलाको संरक्षकत्व प्रदान गर्ने उहाँले बताउनुभयो ।

मेलामा विभिन्न क्षेत्रहरु कृषि, व्यापार, उद्योग, सँचनाप्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवालगायत प्रदेशस्तरीय प्रदेश परिसर राखिने अध्यक्ष कटुवालले बताउनुभयो । मेलामा करिब ४ सय स्टल रहने जनाइएको छ । स्टलको रकम ८ हजारदेखि ५० हजार रुपियाँसम्म रहने संघले जनाएको छ । मेलामा परम्परा र सँँस्कृति संरक्षण हेतु पञ्चैबाजा प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारको मनोरञ्जनात्मक प्रस्तुति रहने बताइएको छ ।

मेलामा मिनी चिडियाखाना, हेलिकप्टर, हात्ती तथा घोडचडी, डुंगा सयर, बालबालिकाको मनोरञ्जनका लागि बालउद्यानको व्यवस्था गरिनेछ । मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविर हुने र निःशुल्क कम्प्युटर र मोबाइल सभिर्सिङ गरिने जनाइएको छ ।

१ सय १ जनाको मुल आयोजक समिति गठन भइसकेको बताइएको छ । मेला अवधिभर करिब ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान र सवारी साधनसहित गरी करिब ५० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

मेला प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–३ र नेपाल पर्यटन बोर्ड रहनेछन् । सहआयोजकमा कृषि व्यबसाय प्रवद्र्धन कार्यक्रम काठमाडौं र घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर प्रस्ताव गरिएको छ । मेलाको स्टल बुकिङ खुला गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।