रावललाई तारिखमा छुट्न आदेश

0
Shares

काठमाडौं, (नेस)
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तीलक रावललाई विशेष अदालतले १० लाख धरौटी राखेर तारिखमा छुट्ने आदेश जारी गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले हिजो सोमबार उहाँलाई १० लाख धरौटी राखेर तारिखमा छुट्न आदेश दिएको हो ।

पूर्वगभर्नर रावललाई १५ दिनको म्याद दिएर बयानका लागि उपस्थित हुन विशेष अदालतले दिएको सयमानुसार सोमबार उपस्थित भएर बयानदिएपछि सो रकम बुझाएर तारिखका छुट्नुभएको अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकले अस्ट्रेलियामा १० रुपियाँ दरको ५ करोड थान पोलिमर नोट छपाइ गर्दा अस्ट्रेलियाका स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानुनीरुपमा नोट छपाइ गरेको आरोपमा आयोगले गत पुसमा मुद्दा दायर गरेको थियो ।