‘सौरभ गु्रपका कम्पनीमा विदेशी लगानी छैन’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
खोज पत्रकारिता केन्द्र (खोपेके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा सौरभ ग्रुपका बारेमा उल्लेख गरिएका विषयमा ग्रुपले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ ।

सौरभ ग्रुपले गुट्का, साबुन, सुपारी जस्ता उत्पादनसंँग सम्बिन्धित कुनै पनि उद्योग तथा आयात निर्यातकामा कारोबार नरहेकोे संग्लग्न नरहेको भन्दै ग्लोबल टेक्नोनोलोजी एन्ड ट्रेडमार्क लिमिटेड भन्ने कम्पनीसँग कुनै पनि लगानी, कारोबार, चिनजान र सम्पर्कसमेत नभएको सौरभ समँहको दाबी छ ।

सौरभ गु्रपका कम्पनीहरुमध्ये कुनै पनि उद्योगमा वैध अवैध विदेशी लगानी नरहेको भन्दै ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले ट्याक्स हेभनमुलुक ब्रिटिस भर्जिन आइल्यान्डस्, युएई वा अन्य कुनै विदेशी लगानी नल्याएको तर यस गु्रपअन्र्तगतको सर्वोत्तम सिमेन्ट प्रालिमा हङकङस्थित कृष्णा होल्डिङस लिमिटेडको ३८ प्रतिशत शेयर रहेकोमा सो कम्पनीले आफ्नो स्वामित्वमा रहेको सम्पँर्ण शेयर अन्य नेपाली नागरिकलाई बिक्री गरीे लगानीसमेत फिर्ता लगिसकेको जनाउनुभएको छ ।

त्यस्तै कर फछ्र्योट आयोगमा यस गु्रपअन्तर्गत रहेको सौरभ फोटो इन्टरनेसनलमा कर कार्यालयको कम्प्युटर इन्ट्री गलत भएकोे र स्वयम् कर कार्यालयले स्वीकार गरी उक्त रकम कर फछ्र्योट आयोगबाट फछ्र्योट भएको विज्ञप्तिमा भनिएको छ ।
लक्ष्मी स्टिल्स प्रालिको हकमा यसअघिको राजस्व न्यायाधीकरणद्वारा उद्योगको उत्पादन रिकभरिको सिमाभित्र रहेको देखियो भन्ने निर्णयको आधारमा र वास्तबिक जर्तीलाई नै जर्तीको मान्यता दिनुपर्ने भन्ने सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तका आधारमा कर फछ्यौट आयोगबाट फछ्र्योट भएको जानकारी बताइएको छ । शुभश्री जगदम्बाको सिमेन्ट मिल्स प्रालिको हकमा ब्याज खर्च, मर्मत सम्भार खर्च र ह्रास कट्टीलाई लेखा सिद्धान्त र प्रचलित कानुनको आधारमा पुनरावलोकन हुँंदा कर फछ्यौट आयोगबाट फछ्र्योट भएको बताइएको छ ।

कम्पनीले ठिमीस्थित १७ तले भवनमा कहिँ कतै वैध अवैध विदेशी लगानी नरहेको दाबी गर्दै उक्त भवनको अगाडिको ५ तला ठिमी नगरपालिकाबाट पास भएको र पछाडिको १७ तला भवन पहिला नै नगरविकासबाट आवासीय भवनको लागि प्लानिङ परमिट स्वीकृति लिइएको जनाएको छ। उक्त भवनलाई आवासीय भवनको सट्टा होटल भवनको लागि स्वीकृति लिन भक्तपुर नगरविकास तथा ठिमी नगरपालिकामा यसै आवमा निवेदन दिइएको र सोको विषयमा निर्णय हुने प्रक्रियामा नै रहेको विज्ञप्तिमा उल्लेख छ ।

लक्ष्मी सिमेन्ट प्रालि, केपी सिमेनट प्रालि, घोराही सिमेन्ट प्रालिसँग यस गु्रपका कुनै पनि सञ्चालकको सम्बन्ध नरहेको सौरभ ग्रपले जनाएको छ । सौरभ ग्रुप भन्नाले न्यौपाने समँहको ५० प्रतिशतभन्दा बढी लगानी भएको कम्पनीलाई जनाउने र यसबाहेक शंकर ग्रुपमा आफ्नो समँहको कुनै पनि समँहगत लगानी नभएको विज्ञप्तिमा भनिएको छ ।