दुई पेट्रोल पम्प कारबाहीमा

0
Shares

काठमाडौं, (नेस)
शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्प नेपाल गुणस्तर तथा नापतौल विभागले शिलबन्दी गरेको छ ।

विभागले शिलबन्दी गरेका पट्रोल पम्पमा चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्स रहेका छन् । विभागका अनुसार शिल तोडेर नक्कली शिल लगाई बिक्री वितरण गरेको आधारमा शिलबन्दी गरेको र दुवै पेट्रोल पम्पका सञ्चालक एकै जना भएको विभागले जनाएको छ ।

विभागले स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ तथा नियमावली २०२७ अनुसार उक्त दुवै पम्पमा शिलबन्दी तथा कारोबार रोक्का गरी थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।