दोहोरो अंकले शेयरमा गिरावट

0
Shares

काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार पनि गिरावट आएको छ । यस दिन नेप्से पुिरसँचक १० दशमलव ८६ अंकले घटेर १ हजार १ सय ६८ दशमलव शँन्य ६ अंकमा झरेको छ ।

कुल १ सय ६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर ३६ करोड ७७ लाख ६ हजार ६३८ रुपियाँमा किनबेच भएको छ ।

यस दिन पनि अघिल्लो दिनजस्तै सबैभन्दा बढी र अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर किनबेचे भएको छ । यस कम्पनीको १० करोड ९१ लाख १८ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।

सोमबार पनि धेरै गुमाउनेमा अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताहरु नै रहेका छन् । यस कम्पनीको शेयर मँल्यमा ९ दशमलव ९३ प्रतिशतले घटेको छ । अघिल्लो साता तीव्र ग्रतिमा वृद्धि भएको अपर तामाकोशीको शेयर मँल्य यस साताको शुरुदेखि नै ओरालो लागेका छ । साथै मिर्मिरे लघुवित्त वित्तीय संस्था, आँखुखोला जलविद्युत् कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले पनि बढी गुमाएका छन् ।

समग्र परिसँचक दोहोरो अंकले घटे पनि गोर्खा फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मँल्य ४ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ । मितेरी डेभलपमेन्ट बैंक, नेपाल एसबीआई बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, कन्काई डेभलपमेन्ट बैंकका पनि बढी कमाउनेमा परेका छन् ।

सोमबार ११ वटा समँहमध्ये फाइनान्स समँहमात्र बढेको छ । यस्तै बैंकिङ समँह ४ दशमलव ६२, व्यापार समँह २ दशमलव ९६, होटल समँह १९ दशमलव ५२, विकास बैंक समँह ७ दशमलव ७६, जलविद्युत् समँह ४२ दशमलव १७, निर्जीवन बीमा समँह ४२ दशमलव ६७, उत्पादन समँह २३ दशमलव ५२, अन्य समँह ११ दशमलव ६०, लघुवित्त समँह २५ दशमलव ५१ र जीवन बीमा समँह ६१ दशमलव ६८ अंकले घटेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसँचक १ दशमलव ८७ अंकले घटेर २ सय ४७ दशमलव ६१ को बिन्दुमा पुगेर बन्द भएको छ ।