रविले गरे निकितासंग विवाह

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
न्यूज 24 टेलिभिजनमा कार्यरत चर्चित पत्रकार रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्।

उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह भएको हो।

रविले आफ्नो फेसबुकमा लेखेका छन्– ‘‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन, हामी समस्त दर्शक शुभ चिन्तक, परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद ! परम्परागत रुपमा हामी आउँदो बैशाखमा विवाह गर्ने छौँ ।’’

निकिताको ७ वर्ष पहिले नै पूर्व पतिसंग डिभोर्स भईसकेको थियो भने रविको केही समयअघि मात्र २५ वर्ष लामो वैवाहिक जीवन त्याग्दै पूर्व पत्निसंग डिभोर्स गरेका थिए ।

रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयमा सामाजिक सञ्जालमा भाईरल बनेको थिए ।