नेपाल समाचारपत्र, काठमाडौँ ।
कलाकार गणेश मुनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका मुनालको उपचारका क्रममा सोमबार राजधानीको वीर अस्पतालमा निधन भएको हो ।
उनले दर्जनौँ नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।
मुनालको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलिका लागि राखिएको छ । मुुना माहांकालका स्थायी बासिन्दा हुन् । उनको सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने स्रोतले जनाएको छ ।
मुनालले शिरीषको फूल, लभ लभ लभ, दिदीभाई, मिस्टर डन, एक पल, सेतो बाघसहितका चलचित्रमा अभिनय गरेका छन् । उनले कयौँ टेलि सिरियलमा पनि आफ्नो अभिनयगरेका छन् । उनका एक छोरा छन् ।
मुनालले पछिल्लो पटक अभिनय गरेको चलचित्र गोपी माघ १८ गते प्रदर्शन हुँदैछ











प्रतिक्रिया