काठमाडौं ।
काठमाडौं, सर्लाही र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
काठमाडौं टोखा नगरपालिका(७ बसुन्धारामा बा।८ च ८७६२ नम्बरको कार र बा ६६ प ५४२५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने स्याङ्जा चापाकोट नगरपालिका(१० का १८ वर्षीय सफल माझीको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकल चालक बसुन्धारा बस्ने स्याङ्जा चापाकोट नगरपालिका(१० का २२ वर्षीय प्रकाश बत्स्यालको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही लालबन्दी नगरपालिका(१ लच्कास्थित पूर्व(पश्चिम राजमार्गमा बा।१९ च ६३२२ नम्बरको कारले आइतबार बेलुका मागी खाई हिँडने हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषलाई ठक्कर दिंदा घट्नास्थलमै मृत्यु भएको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डोटी जोरायल गाउँपालिका(२ धारापानीमा से।६ प १४५३ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कैलाली हसनपुर बस्ने बाजुराका १९ वर्षीय प्रज्ज्वल शाहको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय रोशन लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधन र चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया