मलाइका र अर्जुन झन् नजिक

0
Shares

बलिउड अभिनेतृ मलाइका अरोरा तथा अभिनेता अर्जुन कपुर गुपचुपरूपमा एक अर्कासँग डेट गरिरहेका थिए। तर हाल भने उनीहरूले खुलेआमरूपमै एक अर्कासँगको प्रेम दर्शाउन थालेका छन्।

आफूहरूबीचको प्रेमसम्बन्धका बारेमा केही नभनिकनै उनीहरूले प्रेममा रहेको दर्शाइरहेका छन्। हालै उनीहरू मुम्बईस्थित एक होटलमा डिनर डेटमा गएको समाचार बलिउडका सञ्चारमाध्यममा आइरहेका छन्।

मिडियामा कैद फोटोमा अर्जुन पहिलेभन्दा केही मोटो र मलाइका पहिलेजस्तै हट एन्ड बोल्ड देखिन्छन्। उनीहरूको डिनर डेटमा भने मलाइकाकी बहिनी अमृता अरोरा पनि सहभागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सूत्रलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार उनीहरू छिट्टै विवाह गर्दै छन् र मार्च महिनाको अन्तिममा उनीहरूको विवाह हुन सक्छ जुन विवाह गुपचुपरूपमा हुनेछ। उमेरमा मलाइका अर्जुनभन्दा १२ वर्ष जेठो हुन भने मलाइकाको केही समयअघि सलमान खानको भाइ अरवाज खानसँग सम्बन्धविच्छेद भएको थियो।

मलाइकाको एक छोरा अरहान खान रहेका छन्। खबरअनुसार मलाइका र अर्जुनको यस सम्बन्धलाई लिएर सलमान खान भने रिसाएका छन्। मलाइका र अर्जुनको प्रेमसम्बन्धको बारेमा धेरै अघिदेखि नै चर्चा चले पनि उनीहरू सार्वजनिकरूपमा एकअर्कालाई भेट्न थालेको भने केही समय मात्र भएको छ। भनिन्छ, मलाइकाले अर्जुनसँगको प्रेमकै कारण अरजावसँग डिभोर्स गरेकी थिइन्।