माघी पर्वमा बरामद गरिएको ७० लिटर घरेलु मधिरा नष्ट

0
Shares

अर्जुन बोहरा, हुम्ला ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले आज ७० लिटर घरेलु मदिरा नष्ट गरेको छ । माघे संक्रान्तीको दिन खार्पुदोभानमा बरामद गरिएको घरेलु मदिरा आज सरोकारवालाको रोवहरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी हरिहर खड्काले बताउनुभयो ।

खार्पुनाथ शिवमन्दिरमा लागेको माघी पर्व लाई सुरुक्षा गर्न जिल्ला बाट खटिएको प्रहरी नायव उपरिक्षकको टोलीले विच बाटै लजाने क्रममा ७० लिटर घरेलुमधिरा बरामद गरि आईतवार नष्ट गरिएको सुचना अधिकारीले खड्काले बताउनुभयो । उक्त मधिरा मागी संक्रान्तिकै दिनमा बरामद गरिए पनि याङ्गचु प्रहरी चौकीमा राखेको हुनाले जिल्ला ल्याउन ढिलो भएकै कारणले आईतबारका दिनमा नष्ट गर्नु परेको प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठले बताउनुभयो ।

यो पटक बरामद गरिएको घरेलु मधिरा व्यापारीको नामवली सार्वजनिक गरेको छ । विक्री गर्न लिएको ७० लिटर बरामद गरे सँगै खार्पु शिवमन्दिरमा झै–झगडा नभइ सान्तवातावरमा सम्पन्न भएको थियो । जसको सुरक्षाका लागि प्रहरी प्रमुख आफै नै खटिएका हुन् । समाजमा शान्ती सुरक्षा कायम गर्नका लागि हुम्ला प्रहरी मदिरा नियन्त्रण अभियानमा छ ।