केशवराज पोखरेल
सीईओ, काठमाडौं स्टिल प्रालि
पुनर्निर्माण, नवनिर्माण र विकासको नारा हिजोआज निक्कै सुन्नमा पाइन्छ । राजनीतिक क्रान्ति सकियो अब आर्थिक क्रान्तिको शुरूवात भएकोे भन्न लागेको पनि धेरै भइसक्यो ।
मुलुकको नेतृत्व तहमा बस्नेहरूले विकास र समृद्धिको रटान लगाई राख्दा मुलुक भने हरेक दिन व्यापारघाटामा पिसिँदै गएको छ । मुलुकको अर्थतन्त्र आयातमा निर्भर हुँदै गएको छ । पुनर्निर्माणको अभियान र विकास निर्माणले गति लिने भनिरहँदा देशमा निर्माण सामग्रीको स्थिति चाहिँ कस्तो छ ?
विशेषगरी निर्माण क्षेत्रको महŒवपँर्ण पाटो डन्डी स्टिलको अवस्था कस्तो छ ? भन्ने विषयमा काठमाडौं स्टिल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवराज पोखरेलसँग नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गरेको कुराकानी :
नेपालमा स्टिल उद्योगको बजारको अवस्था कस्तो छ ?
अहिले पँर्वाधार विकासको काम सुस्त गतिमा भएको छ, सरकारका ठँलो परियोजना पनि अगाडि बढ्न नसकेका कारण स्टिलको बजारमा मन्दी देखिएको हो । निर्माण कार्यले गति नलिँदा त्यससँग सम्बन्धित व्यवसायहरुमा प्रत्यक्ष असर देखिएको हो ।
अर्कोतिर बैंक तथा वित्तीय संस्थामा तरलता अभावको अवस्था छ । ऋण लिएर पनि निर्माणको काम अगाडि बढ्न सकेको छैन । जति निर्माण भएका छन् ती परियोजनाको भुक्तानी रोकिएको छ । रोकिएको पैसा नपाउँदा बजारमा नै समस्या उत्पन्न भएको छ । पैसा एक ठाउँमा मात्र अड्केर बसेको छ । निजी क्षेत्रको लगानी जति सरकारी परियोजनामा फसेको छ ।
१० वर्षयता नै मुलुकका उद्योग व्यवसाय मन्दीको अवस्थाबाट गुज्रिरहेका छन् । समग्रमा भन्दा निर्माण क्षेत्रका उद्योगको अवस्था दयानीय नै देखिन्छ । सरकारका ठँला परियोजना आउँछ भनेर निर्माण सामग्रीको अभाव हुन नदिन नयाँ उद्योगहरु थपिए । तर, स्थिति भनेजस्तो भएन । वार्षिक १४ सय मेट्रिक टन स्टिल नेपालको निर्माण क्षेत्रको माग हो ।
पछिल्लो समयमा सरकारका ठँला परियोजनाहरु आउँछन् माग बढ्छ भनेर सबै उद्योगले आफ्नो क्षमता बढाएर १७ लाख मेट्रिक टन वार्षिक उत्पादन बनाए । अब नयाँ उद्योगहरूले उत्पादन शुरु गर्दा स्वदेशमै करिब २७ लाख मेट्रिक टनबराबरको स्टिल उत्पादन हुन्छ । माग र आपँर्तिबीचको १३ लाख मेट्रिक टनको फरक पर्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेर गएको छ ।
यो समस्या समाधानका लागि सरकारले गर्नुपर्ने पहल भनेको आयोजना निर्माणमा रोखिएको भुक्तानी चुक्ता गर्ने, ठँला परियोजनालाई तत्कालै अगाडि बढाउने, नयाँ उद्योगको अनुमति रोक्नुपर्ने, माग र आपँर्तिको व्यवस्थापनमा ध्यान दिन सकेको स्थितिमा स्टिल उद्योगमा देखिएको समस्या समाधान हुन्छ । यसर्थ, अहिलेको अवस्थामा समग्ररूपमा भन्नु पर्दा नेपालको स्टिल उद्योगको अवस्था अप्ठ्यारो अवस्थाबाटै गुज्रिरहेको भन्नुपर्छ ।
नेपालमा स्टिलजन्य वस्तुको आयात–निर्यातको अवस्था चाहिँ कस्तो छ ?
सबै उद्योगले उत्पादन क्षमता बढाएपछि कच्चा पदार्थको आयात बढ्ने नै भयो । साउनदेखि यता कच्चा पदार्थको आयात पनि बढेको छ । जुनबेला कच्चा पदार्थको मँल्य बढेको थियो त्यो बेला व्यवसायीले नेपालमा माग बढ्ने आशामा धेरै कच्चा पदार्थ आयात गरेका थिए । तर, स्थिति त्यस्तो भएन, माग पनि बढेन, कच्चा पदार्थको मँल्य पनि घट्यो । र डलरको सटही मँल्य पनि बढ्यो । मौज्दात रहेको कच्चा पदार्थको उपभोग भएको छैन । यसले पनि स्टिल उद्योगको अहिलेको अवस्था कस्तो छ भन्ने प्रस्ट पार्छ ।
भारतमै बढी खपत भएपछि नेपालका उद्योगले कच्चा पदार्थ नपाउन सक्ने सम्भावना पनि हामीले देखेका छौं । यसले गर्दा हामीले कच्चा पदार्थमा भारतबाहेक तेस्रो मुलुकबाट पनि आयात गर्नुपर्ने हुन्छ । जसले समग्रमा उत्पादन लागत बढ्छ र उपभोक्ताले बढी पैसा तिर्नुपर्ने हुन्छ ।
नेपालमा डन्डी तथा स्टिलको गुणस्तर चाहिँ कस्तो छ नि ?
हाल सञ्चालनमा रहेका उद्योगहरुले नेपालका सबै निर्माण परियोजनाहरुको मागलाई धान्न सक्ने अवस्था छ । गुणस्तरको हिसाबले हेर्ने हो भने भारतभन्दा नेपालमा उत्पादित डण्डीहरु बढी गुणस्तरीय नै छन् । बजारमा उत्पादन धेरै छ, खपत गर्ने ठाउँ छैन । जुन कारणले स्वभाविक रुपमा स्टिल उद्योगहरुमा अस्वस्थ प्रतिस्पर्धा बढेर गएको छ ।
गुणस्तरका हिसाबले हेर्ने हो भने नेपालमा दुई किसिमको डन्डी देखिन्छ । एउटा भनेको प्राइम क्वालिटीको डन्डी हो, जुन ‘भर्जिन’ कच्चा पदार्थबाट रसायन नियन्त्रण गरी बनेको डन्डी हो । अर्को भनेको एकपटक प्रयोग भइसकेको डण्डी पुर्नंप्रयोग गरेर बनाएको डन्डी हो । प्राइम क्वालिटीको भन्दा कच्चा पदार्थभन्दा रिसाईकलबाट डन्डी उत्पादन गर्ने उद्योगहरू नेपालमा बढी छन् ।
बजारमा उपभोक्ता पनि दुई किसिमका छन् । एउटा भनेको गुणस्तरको चेतना भएका उपभोक्ता र अर्को भनेको वस्तुको मँल्य हेर्ने उपभोक्ता रहेका छन् । प्राइम क्वालिटी र इन्डक्सन क्वालिटीमा प्रतिटन ५ हजार रुपियाँसम्मको मँल्य अन्तर छ । गुणस्तर हेर्नेले प्राइम क्वालिटी हेर्छन् भने किफायती मँल्य हेर्नेले इन्डक्सन क्वालिटी रोज्छन् ।
आगामी दिनमा नेपालमा स्टिल उद्योगको सम्भावना र चुनौती कस्तो देख्नुभएको छ ?
सबैभन्दा ठँलो चुनौती भनेको कच्चा पदार्थको परनिर्भरता हो । नेपालका सबैजसो स्टिल उद्योगको कच्चा पदार्थ भारतसँग परनिर्भर छ । नेपालमै कच्चा पदार्थ उत्पादन हुन सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मँल्य तलमाथि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ । भारतमा मोदी सरकारको महत्वाकांक्षी परियोजनाले गति लिएपछि कच्चा पदार्थ नेपालमा कम आएको छ ।
हामीले उत्पादन गरेका डन्डी ठँला–ठँला जलविद्युत् आयोजना र पुल निर्माणमा प्रयोग भएको छ । भँकम्पीय जोखिम न्यँनीकरणका हिसाबले पनि यो एकदमै उत्कृष्ट प्रविधि हो । बेलायत, जापान, हङकङलगायत मुलुकमा यो प्रविधि बढी प्रयोगमा छ ।
भारतमै बढी खपत भएपछि नेपालका उद्योगले कच्चा पदार्थ नपाउन सक्ने सम्भावना पनि हामीले देखेका छौं । यसले गर्दा हामीले कच्चा पदार्थमा भारतबाहेक तेस्रो मुलुकबाट पनि आयात गर्नुपर्ने हुन्छ । जसले समग्रमा उत्पादन लागत बढ्छ र उपभोक्ताले बढी पैसा तिर्नुपर्ने हुन्छ । जबसम्म हामी आफंै कच्चा पदार्थ उत्पादन गर्न सक्दैनौं तबसम्म यो समस्याबाट हामी उन्मुक्ति पाउन सक्दैनौ ।
पछिल्लो अवस्थामा काठमाडौं स्टिलको बजारको अवस्था चाहिँ कस्तो रहेको छ ?
काठमाडौं स्टिलले २०७० सालमा मात्रै बजारमा प्रवेश गरेको हो । यस अर्थमा पनि हामी स्टिल बजारमा नयाँ नै हौं । काठमाडौं स्टिलको अवधारणा भनेको उपभोक्ताले राम्रो गुणस्तरीय डन्डी किफायती मँल्यमा पाउनुपर्छ भन्ने हो । यसले गर्दा गुणस्तरीय उत्पादन नै हामी बजारमा पठाइरहेका छौं । हामीसँग दुई किसिमको उत्पादन रहेको छ पहिलो ‘एफई ५०० डी’ । जुन रिड टेक्नोलोजीमा आधारित न्युजील्यान्डको प्रविधि हो । यो प्रविधि दक्षिण एसियामै हामीसँग मात्रै छ ।
यसको फाइदा भनेको हामीले स्टिलका स–साना टुक्रालाई पनि जोडेर डन्डी निर्माण गर्न सक्छौं । त्यो भनेको खेर गएको स्टिलका कर्णहरुको ८० प्रतिशतसम्म बचत हो । यो निकै आधुनिक खालको प्रविधि हो । जसले गर्दा हरेक निर्माण मजबुत र विश्वसनीय हुन्छ । विगतमा तारमा बानेर डन्डी जोडिन्थ्यो भने अहिले नटले जोडिन्छ । यसले गर्दा प्रयोगमा सहजता र मजबुतीमा कुनै शंका छैन । मँल्यका हिसाबले सस्तो पनि छ ।
हामीले उत्पादन गरेका डन्डी ठँला–ठँला जलविद्युत् आयोजना र पुल निर्माणमा प्रयोग भएको छ । भँकम्पीय जोखिम न्यँनीकरणका हिसाबले पनि यो एकदमै उत्कृष्ट प्रविधि हो । बेलायत, जापान, हङकङलगायत मुलुकमा यो प्रविधि बढी प्रयोगमा छ ।
गुणस्तरका हिसाबले हेर्ने हो भने नेपालमा दुई किसिमको डन्डी देखिन्छ । एउटा भनेको प्राइम क्वालिटीको डन्डी हो, जुन ‘भर्जिन’ कच्चा पदार्थबाट रसायन नियन्त्रण गरी बनेको डन्डी हो । अर्को भनेको एकपटक प्रयोग भइसकेको डण्डी पुर्नंप्रयोग गरेर बनाएको डन्डी हो । प्राइम क्वालिटीको भन्दा कच्चा पदार्थभन्दा रिसाईकलबाट डन्डी उत्पादन गर्ने उद्योगहरू नेपालमा बढी छन् ।
हामीले नवलपरासीमा रहेको उद्योगमा ३ अर्ब लगानी गरेर २ हजार जनालाई रोजगारीसमेत दिएका छौं । हाम्रो बजार सबै जिल्लामा छ । यसका अलावा मुख्य शहरहरूमा हाम्रो उत्पादनको बर्चस्व छ । साथै ठँला–ठँला विदेशी लगानीका परियोजनाहरुमा पनि हाम्रो उत्पादन बढी प्रयोग भएको छ । तौल र गुणस्तरमा हामीले प्राप्त गरेको विश्वसनियता नै हाम्रो बजार विस्तारको आधार हो । राम्रो उत्पादन नै हामीले उपभोक्तालाई दिन चाहेका छौ ।
उपभोक्तालाई सचेत गराउन इन्जिनियरहरुलाई तालिम दिइरहेका छौं । उद्योगको ४० प्र्रतिशत उत्पादकत्व वृद्धि भएको छ । रिड टेक्नोलोजीमा आधारित प्रविधिलाई नेपालमै उत्पादन गर्ने पनि हाम्रो तयारी छ । यसो गर्नसके उत्पादनको मँल्य अहिलेको भन्दा घट्छ ।
विगतमा काठमाडौं स्टिलको गुणस्तरका विषयमा केही प्रश्न उठाइएको थियो, बास्तविकता के हो ?
खासमा त्यो धेरै ठँलो समस्या होइन । नेपालमा आयातित विद्युत्को भोल्टेजमा देखिइरहने उतारचढावका कारण हामीले मापदण्ड पु¥याउन नसकेको हो । यो समस्या नेपालका सबै स्टिल उद्योगहरुले भोगिरहेका छन् ।
नापतौल तथा गुणस्तर विभागको छड्केमा हामी मात्रै प¥यौ । ५ सेकेन्डभित्रमा हुने विद्युतीय क्षमताको उतारचढावले मात्रै पनि डण्डीको गुणस्तरमा फरकपन आउँछ । यही कारणले हामी फ्रन्टलाइनमा प¥यौं । धकिलो पानीमा केही सञ्चारमाध्यमले पनि माछा मार्ने प्रयास गरे । नेपालमा जबसम्म विद्युतीय बहावको उतारचढाव कम हुँदैन तबसम्म यो समस्या देखिन्छ । गुणस्तरीय र तोकिएको मापदण्ड पँरा गर्न सकिन्छ जस्तो लाग्दैन । यो सबै स्टिल उद्योगको साझा समस्या हो । काठमाडौं स्टिलले गुणस्तरीयतामा कुनै सम्झौता गरेको छैन ।
प्रतिक्रिया