सुन्दरताका लागि आफ्नै रगतको मोस्चराइजर

0
Shares

मानिसहरू सुन्दरताका लागि विभिन्न सौन्दर्य साधनका साथै प्राकृतिक वस्तुहरूको प्रयोग गरेको कुरा त हामीले सुनैका छौं तर हलिउड गायिका तथा फेसन डिजाइनर भिक्टोरिया बेकहम भने सुन्दरताका लागि अचम्मको वस्तु प्रयोग गरेका कारण चर्चामा छिन्।

सुन्दर देखिनका लागि ४४ वर्षीया भिक्टोरीया केबल लाखौं रुपियाँको सौन्दर्य प्रसाधन मात्र होइन, आफ्नै रगतबाट बनेको मोस्चराइजर प्रयोग गर्छिन्। उनले आफूले सुन्दर देखिनका लागि आफ्नै रगतबाट बनेको मोस्चराइजर प्रयोग गर्ने गरेको खुलासा आफ्नो इन्स्ट्राग्रामबाट गरेकी हुन्।

भिक्टोरीयोले यस प्रकारको क्रिम बनाउनका लागि करिब ८५ हजार ४ सय १० डलर दिनुपर्छ र उनको शरीरबाट सिरिन्जको सहाराले रगत निकाली मोस्चराइजर बनाइन्छ। उनीमात्र होइन, हलिउड गायक जस्टिन बिबरकी पत्नीसमेत रहेकी मोडल हेली बाल्डविनले पनि यही तरीका अपनाउने गरेको एक म्यागेजिनले जनाएको छ।