विनोद सिंह विष्ट, बैतडी
सुत्केरी बेड नहुँदा सुत्करी सेवा प्रभावित हुदै आएको बैतडीको दुर्गम सिगास गाउँपालिका ९ को चौखाम स्वास्थ्य चौकीलाई प्रसुती बेड उपलब्ध भएको छ ।
सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणको क्षेत्रमा बैतडीमा काम गर्दै आइरहेको सुआहारा कार्यक्रमले स्वास्थ्य चौकीलाई प्रसुती बेड उपलब्ध गराएको छ ।
चौखाम स्वास्थ्य चौकीको प्रसुती बेडमा खिया लागेको र प्रसुती गराउन जोखीम भएको भन्द विभिन्न संञ्चारमाध्यममा समाचार प्रशारण ÷ प्रकाशीत भए पछि सुहाराले उक्त्त स्वास्थ्य चौकीलाई करिब ६० हजार मुल्य पर्ने प्रसुती बेड निशुल्क उपलब्ध गराएको हो ।
सुहारा कार्यक्रमका जिल्ला संयोजक नगेन्द्रसिंह धामी र मातृ नवजात बालस्वास्थ्य तथा लैङगीक समानता समावेशीकरण अधिकृत प्रनीता भट्टले स्वास्थ्य चौकी ईन्चार्ज हेमन्त सिह साउदलाई प्रसुती बेड हस्तान्त्रण गर्नुभएको हो । स्वास्थ्य कार्यालयकी प्रमुख निशा जोशीको रोहबरमा उक्त प्रसुती बेड चौखाम स्वास्थ्य चौकीलाई दिईएको बताईएको छ । स्वास्थ्य चौकी ईन्चार्ज साउदले प्रसुती बेडको लागी सहयोग मागेका र यो समस्या केन्द्रमा राख्दा केन्द्रले बेड उपलब्ध गराईदिएको सुहाराका भट्टले बताईन् । प्रसुती बेड पाउदा खुसी लागेको बताउदै ईन्चार्ज साउलले अब सुत्केरीलाई खिया लागेको प्रसुती बेडमा सुत्केरी गराउदा हुन सक्ने जोखीम हट्ने बताए ।
यसअघि स्वास्थ्य चौकीलाई तत्कालीन जिल्ला स्वास्थ्य कार्यालयबाट डाक्टर जगदिशचन्द्र विष्टको समन्वयमा १ वटा स्टेचर र ८ वटा कुर्सी पनि उपलब्ध भएको थियो । प्रसुती बेड उपलब्ध भएसंगै प्रसुती सेवामा सहजता हुने स्वास्थ्यचौकीले जनाएको छ ।











प्रतिक्रिया