नेपाल आइडल रवि पुख्र्यौली थलोमा

0
Shares

अछाम, (नेस)। नेपाल आइडल सिजन २ का विजेता रवि ओड पहिलोपटक पुख्र्याैली थलो अछाम पुगेका छन्। आप्mना बुबा जन्मे हुर्केको र बुबाले नै बसाइँसराइ गरेर गएको पुख्र्याैली थलोमा पुग्ने रहर रविमा सानैदेखि भए पनि पँरा हुन सकेको थिएन।

यस पटकको माघे संक्रान्तिमा वैधनाथमा हुने कार्यक्रममा सहभागी हुने क्रममा उनको रहर पँरा भएको हो। अछाम जिल्लामा रविको भव्य सम्मान गरिएको छ। अछामको वैधनाथमा भएको भव्य कार्यक्रममै रविलाई हजारौंको माझमा अभिनन्दन गरिएको हो। नेपाल आइडल वल्र्ड टुरअन्तर्गत पहिलो अन्तर्राष्ट्रिय टुर जापानमा सकेर स्वदेश फर्किएका रवि केही दिनका लागि आप्mनो पुख्र्यौली क्षेत्रमा पुगेका छन्।

सुदँरपश्चिमबाट शनिबार काठमाडौं फर्किएका रवि अछाम पुगेका हुन्। रविको पुख्र्यौली जन्मथलो साबिकको बुढाकोट गाविस अहिलेको साँफेबगर नगरपालिका–९ मा पर्दछ। आप्mना पुर्खाको थलोमा पुगेका रविले स्थानीय भाषा, गाउँठाउँका परिवेश, मौलिक भाषा, कला र संस्कृतिलाई नजिकबाट नियाल्ने मौकासमेत पाएका छन्। आफँ कञ्चनपुरमै जन्मिए पनि अछामको माया निकै लाग्ने रविले बताएका छन्। पुख्र्यौली थलोमा आउन पाउँदा ठँलो सौभाग्य रहेको समेत रविले बताए। वैद्यनाथमा रविले जोडदार प्रस्तुति दिए। रवि अछाम आएपछि दलित नगर सञ्जाल साँफेबगरले भव्य स्वागत गरेको छ।

दलित नगर सञ्जाल साँफेबगरका अध्यक्ष सुरत भँलको अध्यक्षतामा भएको स्वागत कार्यक्रमका प्रमुख अतिथि नेकपाका प्रदेश सदस्य मीनबहादुर कुँवर रहेका थिए। स्वागत कार्यक्रमको सञ्चालन सञ्जालका सदस्य राजेन्द्र कोलीले गरेका थिए।