पाँचथरका सबै स्थानीय तहमा बैंक

0
Shares

गणेश साम्पाङ, पाँचथर
स्थानीय तह पुनःसंरचना भएको दुई बर्षमा पाँचथरका सबै स्थानीय तहमा बैंक स्थापना भएको छ ।

जिल्लामा रहेका एक नगरपालिका र सात गाउँपालिकामा बैंक पुगेको छ । स्थानीय तह बिभाजन हुदाँ एक नगरपालिका र दुई वटा गाउँ पालिकामा मात्र बैक स्थापना भएको थियो । आठ स्थानीय तह मध्ये यसै महिना मात्र तुम्बेवामा र फालेलुङ गाउँपालिकामा प्राइम बैंक स्थानापना भए पछि सबै पालिकामा बैंक पुगेको हो ।

यस अघि फाल्गुनन्द गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक, कुम्मायकमा मेघा बैंक लिमिटेड, हिलीहाङमा सिभिल बैक मिक्लाजुङमा कृषि बिकास बैंक याङवरकमा सिभिल र सप्तकोशी बैंक स्थापना भई सकेको थियो । ‘बैंक नहुँुदा सानो योजनाको कामका लागि पनि सदरमुकाम पुग्नु पथ्र्यो तर अब भने स्थानीयबासीले राहत पाएका छन ।’तुम्बेवा गाउँपालिकाका अध्यक्ष होम थापा भन्नुभयो ।

पालिका भित्र बैंक नहुदा साह्रे सास्ती थियो गाउँपालिकाको साना साना काम गर्न पनि सदरमुकाम जानु पर्ने बाध्यता थियो । एउटा योजनाका लागि कम्तिमा ३ पटक सदरमुकाम जानु पर्ने बाध्यता थियो । ‘एक दिनको काम भनेको सदरमुकाम जानु मात्रै हुन्थ्यो पैसा लिएर आउदा हराउने चोरी हुने समस्या बढी हुन्थ्यो अहिले भने अलिक राहत मिलेको छ । ’फालेलुङ गाउँपालिका स्थानीय युवा राजकुमार राईले भने ।

बैंक आए पछि बिकास निमार्णका कामले पनि गति पाउँछ पारदर्शीता पनि हुन्छ जनतालाई दुःख हुँदैन फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मौसम ढुंगेल बताउनुभयो। सबै पालिकामा बैंक आए पछि सर्वसाधारण समेत ठूलो राहत मिलेको मिक्लजुङ गाउँपालिकाका युवा राजेन्द्र चाम्लिङ बताउनुभयो ।

सबै पालिकामा बैंक पुगेपछि सा साना बजारमा व्यवसाय चलाउने ब्यापारीलाई प्रत्यक्ष फाइदा पुग्छ पाँचथर उद्योग बाणिज्य संघका महासचिव नवराज घिमिरे बताउनुभयो ।