भूकम्प प्रतिरोधी बिद्यालय भवन बनेपछि बिद्यार्थी खुसी

0
Shares

विमल बिष्ट, डोटी । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका २ सिर्मामा रहेको तामेश्वरी आधारभुत बिद्यालयमा भुकम्प प्रतिरोधी बिद्यालय भवन निर्माण भएपछि बिद्यार्थीहरु खुसि भएका छन् ।

डोटीमा रहेको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक गैर सरकारी संस्थाले वल्र्ड भिजन अन्तराष्ट्रिय नेपालको साझेदारीमा सञ्चालित समुदाय र बिद्यालय पूर्व तयारी तथा उत्थानशील परियोजना अन्तरगत उक्त बिद्यालयका तीन जीर्ण भवनहरु भूकम्प प्रतिरोधी (रेक्टो फिटिङ्ग) सहित भवन पुनर्निर्माण गरेपछि अहिले बिद्यार्थीहरुमा खुसियाली छाएकोे हो । बिगतको समयमा बिद्यालय भवन जिर्ण भएको र बिद्यार्थीलाई कक्षा कोठामा बसेर पठन पाठनमा समस्या उत्पन्न हुने गरेको सो बिद्यालयकी कक्षा ६ की छात्रा निर्मला ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिले हाम्रो बिद्यालयमा भूकम्प नगएपनि भूकम्पपीडित जस्तो भएको थियो, अव भूकम्प प्रतिरोधी भएको छ, धेरै खुशी लाग्यो ।’

बिद्यालयमा भुकम्प प्रतिरोधी भवन निर्माण भएपछि अहिले बिद्यार्थीहरु निडरका साथ कक्षा कोठामा बसेर पढने गरेको बिद्यालयका प्रधानाध्यापक गोमा खातीले बताउनु भयो । उहाँले भन्नुभयो,‘जिर्ण भवन हुँदा शिक्षकहरु कक्षा कोठामा पढाउन पनि डर मान्थे,अहिले डर भन्ने कुरा हटेको छ ।’

आफ्ना बच्चालाई सामुदायिक विद्यालयमै पढाऔं ः मन्त्री पोखरेल
रामेछाप(नेस) । संघिय सरकारका शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक बिद्यालयका शिक्षकरुले आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा नपढाए सम्म शिक्षामा गुणस्तर नआउने बताएका छन् ।

२०७२ सालको भूकम्पबाट पुर्ण रुपमा क्षति पश्चात रामेछापको दोरम्बामा निर्माण भएको कालिका माध्यामिक बिद्यालय भवनको उद्घाटनको क्रममा उनले यस्तो बताएका हुन् । मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना बच्चाहरुलाई निजी विद्यालयमा पढाउने गरेकाले सर्वसाधरणका बालबालिकाको शिक्षामा विशेष ध्यान नदिँदा शिक्षामा गुणस्तर नआएको गुनासो गरे ।

उद्घाटन कार्यक्रममा संघिय संसाद श्याम कुमार श्रेष्ठ, दोरम्बा गाउँपालिकाका प्रमुख कमनसिहं मोक्तान, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख हेमन्त कुमार बुढाथोकी लगायतले आ–आफ्नो धाराण राखेका थिए ।