विराटनगर (नेस) । मोरङ प्रहरीले कानुन विपरीत बालश्रमिकका रुपमा प्रयोग गरिएका ६ जना बालकलाई उद्धार गरेको छ ।
प्रहरीले सो ठांउबाट १ नेपाली सहित ५ जना भारतीय बालकहरुलाई उद्धार गरेको हो । प्रहरीले उनीहरुलाई मोरङको कटहरी गांउपालिका ५ स्थित कृष्णप्रणाम इट्टा भट्टाबाट उद्धार गरेको हो । उद्धार गरिएका बालकहरुमा कटहरी गांउपालिका वडानम्बर ६ का मोहन सरदार, भारत बंगालकारुबेल मियां, कासन कुमार विश्वास, राजकुमार विश्वास र सोहि उमेरका काउछर आलम तथा भारत बंगालकै रुबेल मियां रहेका छन ।
प्रहरीले बालकहरुको उद्धारसंगै इट्टा उद्योगका संचालक फणिन्द्रबहादुर ढकाललाई समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र बालबालिकाको क्षेत्रमा कामगर्ने सिबिनका पदाधिकारी सहितको टोली इट्टा भट्टामा पुग्दा १६ बर्ष मुनिका धेरै बालबालिका कांचो इट्टा बनाउने र लोडगर्ने काममा खटिएको भेटिएका थिए ।
उद्धार गरिएका बालकहरुलाई संरक्षणका लागि विराटनगरस्थित पूर्वाञ्चल बाल आश्रममा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले बताए । नियन्त्रणमा लिइएका ढकाललाई भने थप कारवाहीका लागि श्रम कार्यालयको जिम्मा लगाइने एसपी केसीले बताए ।
उद्धार गरिएका बालकहरुलाई तत्कालका लागि पूर्वाञ्चल बाल आश्रममा राखिएको छ उनले भने इट्टा भट्टाका सन्चालकालाई भने आवश्यक कारवाहीका लागि श्रम कार्यालय विराटनगरको जिम्मा लगाइनेछ । प्रहरीको उद्धार टोली सो इट्टा उद्योगमा पुग्दा भागाभागकै स्थिती उत्पन्न भएको थियो ।
छोटो समयमा पनि इट्टा भट्टाका कर्मचारी र बालश्रमिककारुपमा प्रयोग गरिएका बालबालिका स्वयंका अभिभावकहरुले उद्योग परिसरमा रहेको अस्थायी आवास गृहहरुमा धेरैलाई लुकाएका थिए ।











प्रतिक्रिया