सल्यान भुकम्पको उच्च जोखिममा

188
Shares

सरिता चलाउने, सल्यान
सल्यान जिल्ला भुकम्पको हिसाबले उच्च जोखिममा रहेको पाईएको छ । भिरालो जमिन रहेको, माटो र ढुङगाले निर्माण गरेका घरहरु मात्र बढि रहेकाले भुकम्पको उच्च जोखिम रहेको पाईएको हो । नेपालको पश्चिमी भेगमा जिल्लाहरु धेरै भुकम्पको जोखिममा पर्ने भएकाले सल्यान जिल्ला पनी पश्चिमी भुभागमा पर्ने भएकाले यो जिल्ला भुकम्पको लागी धेरै खतरा रहेको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए ।

पहिरोको उच्च जोखिम रहेको, घरहरु भिरालो ठाउँमा रहेका जिल्लाका अधिकांश स्थानमा भुकम्पको उच्च जोखिम रहेको पाईएको उनले बताए । जिल्लामा जतिपनि घरहरु बनाईएका छन, गाउँघरमा बनेका घरहरु माटो र ढुङगाले मात्र निर्माण भएकाले यस्ता किसिमका घरहरुमा जोखिम बढि रहेको उनले बताए ।

सामान्य किसिमको भुकम्पले क्षेति नपु¥याए पनि मध्यम खालको भुकम्पले धेरै क्षेति हुने अनुमान रहेको बताए । सामान्य कुराहरुमा ख्याल नगर्दा दुख पाईने भएकाले जिल्लामा जोखिमको पहिचान गरी सुरक्षित पुरर्बाधार निर्माण गर्न जरुरी रहेको प्रजिअ ढकालले बताए ।

सल्यान जिल्लाका नौ स्थानीय तहले विपद् व्यवस्थापन समिति गठन गरी काम अघि बढाई रहेका छन् । दश स्थानीय तह रहेको सल्यानमा बागचौर नगरपालिका बाहेक अन्य नौ स्थानीय तहले विपद् व्यवस्थापन समिति गठन गरी विपद् जोखिम सम्बन्धी कामलाई अघि बढाएका हुन ।

विपद् जोखिम न्युनिकरणका लागि पुर्व सूचना प्रणाली आवश्यक पर्ने भन्दै विपद व्यवस्थापन समिति गठन गरी विपद्बाट हुन सक्ने जोखिम न्युनिकरणका कार्यक्रमहरुलाई सञ्चालन गर्दै आइरहेको दार्मा गाउँपालिकाले जनाएको छ । पुर्व सूचना प्रणाली बलियो भने हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न सकिने गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । उनले भने जोखिम जहाँ र जतिखेर पनि हुन आउन सक्ने भएकाले त्यसबाट हुन सक्ने मानविय तथा भौतिक क्षतिलाई कम गर्नका लागि हामीले समिति मार्फत पुर्व अभ्यासहरु पनि बनाई रहेका छौं ।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४ अनुसार समिति गठन गरी कामलाइ अघि बढाई रहेको त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए । बाढि, पहिरो, भुकम्प जस्ता विपद्बाट हुनसक्ने जोखिमलाई न्युनिकरण गर्नका लागि कार्यविधि नै बनाएर अघि बढि रहेको डाँगीले बताए ।