ग्रिनकार्ड त्यागेर विपन्नको सेवामा

0
Shares

कालीवहादुर मल्ल, कालिकोट
महावै गाउँपालिका– २ ओदा गाउँ अहिलेसम्म पनि यातायातले नछोएको एउटा विकट गाउँ हो । यहि गाउँमा एउटा सामन्य गरिव परिवारमा जन्मेका युवा समाजसेवी ३२ वर्षीय करन सिंह हुन । उनि सानै हुदा उनका पिता रिउला सिंह भारतमा मजदुरी गर्न जादा बेपत्ता भए ।

बाल्यकालमै टुहुरा भएका करन मामा घरमा वसेर पालन पोषण केहि शिक्षा हासिल गरे । उमेर वढ्दै गएपछि १२ वार्षको उमेरमा उनले आफ्नी आमा घरपरिवारको अवस्थालाई मध्यनजर गरे परिवारको जोहो गर्न भारततिर मजदुरिका लागि हिडे । भारतको बनारास पुगेर बिदेशिहरुको ¥यापटिङ चलाइदिने काम पाए । केहि वर्ष यस्तै वित्यो उनको जीवन ।

यस्तै बिदेशिहरुको विश्वासपात्र हुदै जाँदा उनले अमेरिका जाने अवसर प्राप्त गरे अमेरिका गएको छोटो समयमै उनले ग्रिनकार्ड पनि प्राप्त गरे । तर उनको मनले मानेन बिरामी आफ्ना पितको गाउँमा उपचार नपाएर भारत गएर बेपत्ता भएको घटना उनको मनमा सधै चस्की रहयो । अमेरिकाको उनले ग्रीन कार्ड त्यागेर नेपाल फर्के आफनै गाउँको विकास गर्न थाले ।

समाजसेवी सिंहले अहिले कालिकोट जिल्लाको विकट गाँउ ओदावाट स्वास्थ्य सेवा दिइरहेका छन् । उनको मेडिकलमा एक जान एमविविएस, दुइ जना हेल्थ असिस्टेन्ट,दुइ जना नर्स,दुइ जना अहेव लगाएतले निशुल्क सेवा दिइरहेका छन् । औषधी उपचार नपाएर ८ बर्षको उमेरमा पिताको निधन भएपछि १२ बर्षको उमेरमा भारतमा मजदुरी गर्न हिडेका सिंह त्यहीबाट बिपन्न र गरिब परिवारलाई कसरी स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउने सोचेका थिए ।

सानै उमेरमा बाबुले औषधी नपाएर ज्यान गुमाएको पीडाले सताएका सिंहले गरिब बिपन्न परिवारको स्वास्थ्य क्षेत्र पहुँच पु¥याउन उनले जिल्लाका बिपन्न दलित गरिब र अपाङ्गलाई निशुल्क औषधी उपचार सेवा दिइरहेका छन् ।

ओदा फाउन्डेसन नेपाल कालिकोटको पाँचौ वार्षिक उत्सव उदघाटन समारोहमा फोन्डेसनका अध्यक्ष करन सिंह जसरी नेपाली पोसकमा सजिएका थिए । त्यसैगरी अमेरिकन नागरिक फाउन्डेसनका डाइरेक्टर जोन क्रिस्ट फर पनि नेपाली पोसकमै सजिएका थिए । उनले चौथो वार्षिक उत्सवमा नेपाली सस्कृति अुसारनै आफ्नो विवाहा गरेका थिए ।

उनले पनि करन सिंह सँगै मिलेर बिक गाउँमा सामाजिक सेवा गर्दै आएका छन् । उनिहरुले सस्थाकै लगानी मार्फत अग्रेजी माध्यमको विद्यालय समेत सञ्चालन गरेका छन । सोही विद्यालमा एल केजि सम्म पठनपाठन हुने गरेको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष हर्क सिंह वताउँछन ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक काम गर्ने सोच भएका सिंहले अमेरिकन पर्यटकहरुसँगको संगतले आफुलाई समाज सेवाका लागि थप हौसला र आर्थिक सहयोग पुगेको सिंहले बताए । ‘पर्यटकसँगको संगतले मलाई अमेरिकासम्म पु¥यायो ।’ उनले भने,–‘आफु अमेरिका पुगेपनि त्यहाँ बस्न मन लागेन् । गाउँको स्वास्थ्य, शिक्षा उपचार नपाएर बाबुको मृत्यु भएको यादले सताइ रह्यो ।’

अमेरिकाको राम्रो जागिर बसाई छाडेर नेपाल आएका सिंहले दुर्गममा स्वास्थ्य र शिक्षाको पहुँच पु¥याउने उद्देश्यले सामाजिक संस्था २०७० सालमा ‘हिमालयन सेवा समाज’को स्थापना गरेर सामाजिक काम गरिहेका छन् । संस्था हाल जिल्लाका हजारौ मानिसको निःशुल्क औषधी उपचार गरेको भने अपङ्गता भएका सयौ नागरिकलाई औषधी निशुल्क कृत्रिम अंगहरु दिएका छन् ।